सार्वजनिक सेवा प्रवाह

राम्रो पालिका 342

प्रदीप धमला,

राज्य वा सरकारले नागरिक वा ग्राहकका लागि उपलब्ध गराउने सेवा सुविधालाई सार्वजनिक सेवा प्रवाह भनिन्छ । राज्यको उत्पति पनि आफ्ना जनतालाई सेवा उपलब्ध गराउने प्रयोजन कै लागि भएको देखिन्छ । कुनै पनि देशको सरकारले त्यस देशका जनतालाई टेलिफोन, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, हुलाक, यातायात सुरक्षा जस्ता सेवा उपलब्ध गराउनु पर्दछ । सरकारले जनतामा पु¥र्याउने सेवालाई नै सार्वजनिक सेवा भनिन्छ । सरकारले जनताको जन्मदेखि मृत्यु पर्यन्तसम्म पु¥याउनुपर्ने सेवा सरल तरिकाले, कम मूल्यमा, छिटो–छरितो माध्यमबाट जनताले चाहेको स्थान र समयमा पु¥याउनु पर्दछ । यसैलाई नै सार्वजनिक सेवा मानिन्छ । सरकारका लक्षित समूह भनेको स्थानीय जनताहरु हुन् ।

सरकारले प्रशासनिक संरचना मार्फत् सार्वजनिक सेवा जनतामा पु¥याउँछ । जनतामा सरकारको बारेमा राम्रो नराम्रो धारणा उसले प्राप्त गर्ने सेवाको आधारमा नै बन्दछ । जनताले तत्काल तथा बिना हैरानी सेवा पाएमा सरकार प्रति राम्रो धारणा बनाउँछन् भने नराम्रो सेवा तथा अनावश्यक हैरानी पाएमा नकरात्मक धारणा बनाउँदछन् । त्यसकारण पनि जनता र सरकारलाई जोड्ने कडीको रुपमा पनि सार्वजनिक सेवा प्रवाहलाई लिन सकिन्छ । राज्यले राष्ट्र र जनताको लागि गर्ने नियमित, आकस्मिक तथा विकासत्मक कार्यहरुको समष्टिरुपलाई पनि सार्वजनिक सेवा प्रवाहको रुपमा लिने गरिन्छ । जनतालाई मालिक मानेर तिनको छनोटको अधिकारको सुनिश्चितताका लागि राज्यले उपलब्ध गराउने वस्तु तथा सेवाहरु यसमा पर्दछन् ।

परम्परागत रुपमा जनतालाई सुरक्षा दिने र कर उठाउने कार्यलाई सार्वजनिक सेवा प्रवाह ठानिन्थ्यो । हाल सार्वजनिक हित र लोक कल्याणको लागि राज्यले आफै वा अन्य क्षेत्रसँग मिलेर उपलब्ध गराउने सम्पूर्ण वस्तु तथा सेवाहरु यसमा पर्दछन् । नागरिकले मतदान वा करबाट दिएका अधिकार र श्रोतको प्रयोग गरी राज्यले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नागरिकको हित र समृद्बिको लागि उपलब्ध गराउने वस्नु तथा सेवा नै सार्वजनिक सेवा हो । जनताको गर्भदेखि चिहानसम्मका आवश्यकता व्यवस्थापन गर्ने कार्य पनि सार्वजनिक सेवा प्रवाह हो । राज्यको हित संरक्षण र सम्वद्र्धन गर्ने कार्यलाई समेत सार्वनिक सेवा प्रवाह भनिन्छ । सार्वजनिक सेवा प्रवाहको मूलतः नियमित कार्य गर्ने जस्तै खानेपानी, सरसफाई, बसोवास खानपिनको व्यवस्थाहरुमा तथा आकस्मिक कार्य दमकल, एम्बुलेन्स, उद्धार, राहत तथा विकासात्मक कार्य योजना, विकास निर्माण आदिलाई समेत सार्वजनिक सेवा प्रवाहले समेटेको हुन्छ ।

सार्वजनिक सेवा नागरिकको अधिकार र राज्यको दायित्व हो । जनतालाई र राज्यलाई जोड्ने तथा आर्जन गर्ने माध्यम पनि यही हो । सार्वजनिक सेवा सरकार आफैंले वा निजी र सामाजिक संगठनसँग मिलेर प्रदान गर्दछ । यसमा वस्तु तथा सेवा मात्र नभई राज्यको शासकीय मूल्य एवम् लाभहरुको वितरण समेत समेटिएको हुन्छ । जनतालाई राज्यबाट प्राप्त हुने जुनसुकै सेवा पनि निष्पक्ष तथा भरपर्दो हुनु पर्दछ । राज्यका तर्फबाट पाउने सेवासुविधा हामी सेवा प्रवाहको माध्यमबाट प्राप्त गर्ने गर्दछौं । सार्वजनिक सेवा प्रवाहको आवश्यकता तथा महत्व एकदमै धेरै रहेको छ । राज्यको तर्फबाट जनतालाई सेवा प्रवाह गर्नुहोस् वा जनताले राज्यको तर्फबाट सेवा लिनु होस् यसको आवश्यकता तथा महत्व अन्यन्तै धेरै रहेको छ । जसबाट नागरिकका हक तथा अधिकारको कार्यान्वयन गर्न सकिन्छ । जनताप्रति राज्यको दायित्व वा अभिभारालाई पनि पुरा गर्न सकिन्छ ।

हाम्रो देश राज्य र हामी यस देशका जनताबीच असल सम्बन्ध कायम राख्न पनि यसको भूमिका हुन्छ । भौतिक, वित्तीय, प्राविधिक, सामाजिक तथा मानवीय विकास हासिल गर्न सहज हुन्छ । राज्यका तर्फबाट प्रवाह गरिने सेवाबाट आफ्ना देशका नागरिकहरुलाई सन्तुष्टि कायम गर्न सकिन्छ । राज्यका सार्वजनिक सेवा प्रवाहको माध्यमबाट समाजमा शान्नि, व्यवस्था र अमनचयन समेत कायम गर्न सकिन्छ । मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्दै राज्यको वैधानिकता जोगाई राख्न सजिलो हुन्छ । राज्यमा विद्रोह र अशान्ति कम गर्न, आधारभूत आवश्यकता परिपूर्ति गर्न पनि सार्वजनिक सेवा प्रवाहले ठूलो भूमिका खेलेको हुन्छ । राज्यले आफ्नो उपस्थिति सिद्ध गर्दै जनताको दैनिक जनजीवन सूचारु र गतिशिल बनाई लोक कल्याणकारी राज्य स्थापना गर्न समेत सार्वजनिक सेवा प्रवाहले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सार्वजनिक सेवा प्रवाहको माध्यमबाट तोकिएको समयमा सेवाग्राहीले सेवा प्राप्त गर्न सक्दछन् । सेवा प्रवाहले जनतालाई सन्तुष्ट बनाई राख्न सक्दछ । सेवा प्रदानमा राज्यको जिम्मेवारी तथा दायित्व पूरा गर्न सक्ने किसिमको कार्यकुशलता बढ्ने अपेक्षा समेत गरिन्छ ।

नेपाल लगायत विश्वका सम्पूर्ण देशहरुमा सार्वजनिक सेवा प्रवाहलाई अवलम्बन गरिएको छ । राज्यको सेवा प्रवाह चुस्त–दुरुस्त बनाउन सकेमा मात्र त्यस देशको सार्वजनिक प्रशासन सबल तथा सक्षम भएको मानिन्छ । सार्वजनिक सेवाहरु सरकारी माध्यमद्वारा, गैर सरकारी माध्यमद्वारा, निजी क्षेत्र मार्फत, नागरिक समाज मार्फत, करार वा सम्झौता मार्फत तथा सार्वजनिक निजी साझेदारी मार्फत सेवा प्रवाह गर्न सकिन्छ । सेवा प्रदायकले सेवा प्रवाह गर्दा जनतालाई सुशासनको अनुभूति गराई त्यसलाई प्रत्याभूति गराउनु पर्दछ । सेवा प्रवाह गर्ने व्यक्तिले जनताको अभिरुची तथा दृष्टिकोणलाई बुझेर सेवा प्रवाह गर्न सकेमा यसको अझ बढि प्रभावकारिता देखिन्छ । सेवा प्रवाह गर्ने क्रममा नयाँ प्रविधिको प्रयोग गरेर आफ्नो कार्य सम्पादनलाई छिटो तथा छरितो बनाउनु पर्दछ ।

परम्परागत पुरातन संस्कार तथा कार्यविधिको स्थानमा नयाँ सिप र संस्कारको अनुसरण गर्दै अगाडि बढ्नु आजको प्रमुख दायित्व हो । सेवा प्रवाहको प्रममा सेवाग्राहीसँगको समन्वयलाई पनि स्थापित गर्नु आवश्यकता हुन्छ । जनतामा सेवा प्रवाह गर्ने क्रममा निष्पक्षता अपनाई नातावाद, कृपावाद तथा राजनीतिक पूर्वाग्रहबाट मुक्त भएर जनतामा सेवा प्रवाह गर्नु अपरिहार्य शर्त हो । जनताले तिरेको करबाट तलब, भत्ता खाने र चिप्ला गाडी चढ्नेले तिनै जनताबाट श्रीमान, माननीय, सम्माननीय भनिने दृष्टिकोणबाट मुक्त हुनु पर्दछ । सेवा प्रवाह गर्ने सम्पूर्ण राज्यका संयत्र आफूमा दक्ष तथा इमान्दार हुनु पर्दछ । सेवा प्रवाहमा आईपर्ने कामको दोहोरोपन हटाउने र जटिल निर्णय प्रक्रियालाई सरलीकरण गर्दै आफ्नो कामलाई छिटो अगाडि बढाउनु पर्दछ । उचित सेवा प्रवाह भनेको नै विधिको शासन हो । राज्य सञ्चालनको स्थायी संयत्रले सेवाप्रवाहको माध्यमबाट जनतामा उचित सेवा पु¥याउन सक्दछ । नेपालको संविधान तथा अन्य ऐन र नियमावलीले व्यवस्था गरे बमोजिम सार्वजनिक सेवाप्रवाहको मूल्य–मान्यतालाई आत्मसात गर्दै अगाडि बढ्न सक्नु आजको आवश्यकता बनेको छ ।

हाल नेपालमा तीन तहका सरकार रहेका छन् । देशमा संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक स्थापित भएको छ । जनताले सेवा लिन जिल्ला सदरमुकाम जानुपर्ने हैरानी हटेर गएको छ । आफ्नै स्थानीय ठाउँमा हाम्रो आफ्नो स्थानीय सरकार रहेको छ । ती तीनै तहका सरकारले आफ्नो सेवाप्रवाहको माध्यमबाट जनतालाई खुशी बनाउन सक्दछन् भने जनतालाई पनि आफ्नै गाउँ–ठाउँमा सरकार आएको अनुभूति हुनेछ । सेवाप्रवाह एउटा उस्तो कडी हो जो सरकारको उपलब्धि गराउन सक्दछ । नीति–निर्माण भएपछि त्यसको सही कार्यान्वयन गर्न सेवाप्रवाह नै अपरिहार्य हो । जनता आश्वासनभन्दा पनि काम हेर्न चाहन्छन् । जनतालाई तोकिएको समयभित्र छिटो–छरितो गरी सेवा प्रवाह गर्न सकेका सम्पूर्ण देश तथा कर्मचारीको पनि सबल पक्ष झल्किन सक्छ ।

विगत केही समयदेखि नेपालमा भ्रष्टाचारको संख्या बढ्दै गएको विभिन्न माध्यमबाट सुन्ने गरिएको छ । यसबाट सेवा प्रवाहमा खलल पर्न सक्दछ । सेवा प्रवाहको नाममा भ्रष्टाचार मौलाउँदा विधिको शासन हराउँदै जान्छ भने अर्कोतर्फ नागरिक जनताप्रति पनि राज्यको सेवा प्रवाह तथा संयन्त्रमा प्रश्न चिन्ह देखा पर्दछ । केन्द्रीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले आफू मार्फत तथा कर्मचारी मार्फत जनतामा सेवाप्रवाह गर्दा मुस्कानसहितको कुनै लोप तथा आश नगरी आफ्नो सेवाप्रवाह गरेर जनताको मन जित्नु पर्दछ । सेवाप्रवाहले राज्यका नीति तथा कार्यक्रमका आधारमा गर्ने हुनाले यसबाट पछि नहटिकन सम्पूर्ण सेवा प्रवाह गर्ने निकायले यसमा विचार गरेर निश्वार्थपूर्वक काम गरी सरकारले लिएको नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउँदै जानु पर्दछ । सेवाप्रवाह चुस्त तथा दुरुस्त हुँदा मात्र सरकारको प्रगति हुन्छ भने जनतामा पनि सेवा प्रवाहको सकारात्मक प्रभाव पर्दछ । सेवा प्रवाह गर्दा सेवाग्राहीसँगको बोली बचन तथा व्यवहारको ठूलो भूमिका खेलेको हुन्छ ।

काममात्र छिटो गरेर हुँदैन जनतामा नम्र भएर बोल्ने तथा उचित व्यवहार गर्ने पनि गर्नुपर्दछ । कर्मचारीलाई सेवाग्राहीले नमस्कार गर्ने नभएर कर्मचारीले चाहिँ सेवाग्राहीलाई नमस्कार भन्ने तरिका व्यवहारमा ल्याउन सक्नु पर्दछ । सेवा प्रवाहको क्रममा समयमा कार्यालयमा प्रवेश गरेर कार्यालय समयसम्म बसेर सेवाग्राहीको समस्याको हल गर्नु नै सेवा प्रवाह हो । सेवा प्रवाह गर्नमा सबै कर्मचारीहरुको उत्तिकै महत्व रहेको हुन्छ । सार्वजनिक सेवा प्रवाहमा जनताको विश्वास जित्नुलाई ठूलो कुरा मानिन्छ । जसबाट सरकारको प्रतिनिधित्व झल्कन सक्दछ । सरकारलाई नजिकबाट विश्वास गर्ने भनेको नै कार्यालयमा हुने सेवा प्रवाहको माध्यमबाट हो ।

आज विश्वमा विकासको गतिमा अगाडि बढिरहेको तथा विश्वमा सबैभन्दा धनी हुन सफल चीनमा सार्वजनिक सेवा प्रवाह चुस्त–दुरुस्त भएको अवस्था छ । त्यहाँ जनतालाई धेरै हैरानी नदिई छिटो तथा छरितो रुपमा सेवाप्रवाह गर्ने गरेको पाइन्छ । यी सम्पूर्ण कारणले आज चीन विश्वमा धनी बन्न सफल भएको मात्रै छैन सम्पूर्ण चिनिया नागरिकको विश्वास पनि जित्न सफल भएको छ । नेपालको सार्वजनिक सेवाप्रवाहलाई पनि चुस्त–दुरुस्त बनाउँदै जनताको मन जिन्ने क्रममा अगाडि बढ्नु पर्दछ । नातावाद तथा कृपावादलाई छोडेर निष्पक्षरुपमा सेवा प्रवाह गर्ने पक्षम सबै क्षेत्रबाट उत्तिकै लाग्न सकेमा मात्र नेपाल सरकारले निजामती सेवामा लिएको नारा व्यावसायिक र सिर्जनशील प्रशासन विकास समृद्धि र सुशासनको सही प्रतिफल प्राप्त गर्न सकिन्छ । सरकारको नीति तथा कार्यक्रमले पनि सार्थकता पाउँछ । सरकारको काम–कारवाही प्रभावकारी बन्न सक्दछ 

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *