२०२२ को जुन महिनामा नेपालले भारततर्फ बिजुली निर्यात गरेर १ अर्ब ७२ करोड कमायो

राम्रो पालिका 361

नेपालले पछिल्लो एक महिनामा एक अर्ब ७२ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ।

नेपाल विद्युत प्राधिकरणले विभिन्न पाँच आयोजनाबाट उत्पादित ३६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ। प्राविधिक रूपमा ४३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएका छन्।

विगतमा १८ घण्टासम्म लोडशेडिङको मार खेपेको नेपालले हाल ‘दैनिक ८ देखि १० करोड रुपैयाँ बराबरको ऊर्जा दक्षिणी छिमेकी भारतलाई बेचिरहेको बेचिरहेको छ जसका लागि प्रत्येक दिन १० देखि १२ बजेसम्म समय तोकिएको हुन्छ।

बजारको मागका आधारमा तय हुने मूल्य उक्त दिनको राति १२ बजेदेखि भोलिपल्ट १२ बजेसम्म लागु हुन्छ।हाल नेपालले ढल्केबर-मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनबाट विद्युत् कारोबार गरिरहेको छ।अन्य नेटवर्कबाट विद्युत् कारोबारका लागि हालसम्म अनुमति प्राप्त नभएका कारण उक्त प्रसारण लाइनबाट मात्रै खरिद विक्री भइरहेको बताइएको छ।

नेपालले भारतलाई झन्डै ३६४ मेगावाट सम्म विद्युत् विक्री गर्न पाउने व्यवस्था रहेको अधिकारीहरू बताउँछन्। नेपालले हाल औसतमा प्रति युनिट ११ रुपैयाँ ३८ पैसामा भारतलाई विद्युत् बेचिरहेको छ। ऊर्जा बजारमा प्रतिस्पर्धा गर्नुपर्ने हुँदा बिक्री मूल्य प्रत्येक दिन फरक हुन्छ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार हाल औसतमा नेपालको १,८०० मेगावाटसम्म विद्युत् उत्पादन क्षमता छ। जलाशययुक्त कुलेखानी आयोजनाको विद्युत् समेत जोड्ने हो भने उत्पादन क्षमता १,९०० मेगावाटको हाराहारीमा पुग्छ। नेपालले अबको केही समयमा हाल विक्री गरिरहेको ऊर्जाको दुई गुणा बेच्न सक्ने अवस्था रहनेछ र त्यसका लागि भारतसँग पहल पनि भइरहेको छ।

कालिगण्डकी हाइड्रोपावर उत्पादनस्थल

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *