शिन्जो आबेको हत्या : जसले जापानलाई सधैंको लागि परिवर्तन गर्नेछ !
संसारभर सम्पर्कमा रहेकाहरुको आश्चार्यमिश्रित प्रश्नसहितका सन्देशहरु : यस्तो घटना जापानमा कसरी हुन सक्छ ?
जुलाई ८ तारिख २०२२ को बिहान, जब जापानको पूर्व प्रधानमन्त्रीमाथि गोली प्रहार भएको समाचार ब्रेक भयो, संसारभर सम्पर्कमा रहेकाहरुले आपसमा आश्चार्यमिश्रित प्रश्नसहितका सन्देशहरु प्रवाह गर्न थाले : यस्तो घटना जापानमा कसरी हुन सक्छ ?
आज मैले पनि यस्तै अनुभव गरें ।
तर जापानमा बस्दा यस्तो हिंसात्मक अपराधको बारेमा नसोच्ने बानी परिसकेको थियो । अझै यस आक्रमणको निशानामा परेका व्यक्तिको परिचयले त समाचारको आयतनलाई झनै डरलाग्दो बनाएको थियो ।
शिन्जो आबे जापानका बहालवाला प्रधानमन्त्री थिएनन् तर उनी जापानी सार्वजनिक जिवनमा ३ दशक देखि सर्वाधिक स्विकार्य ठुलो राजनीतिक व्यक्तित्व थिए ।
आबेलाई कसले मार्न चाहन्थ्यो र किन मार्न चाहन्थ्यो ?
सन् १९८६ मा स्विडेनका प्रधानमन्त्री ओलोफ पाल्मेमाथि भएको यस्तै आक्रमण हुँदा स्थानीय जनताको लागि यही स्तरमा अविश्यसनीय भएको थियो । म त्यही पुरानो हिसांत्मक घटनालाई सम्झिरहेको छु । जापानको जनताले यो हदसम्मको हिंसात्मक आक्रमणको कल्पना गरेकै थिएनन् भन्नु अतिशयोक्ति हैन ।
हो, जापानमा एउटा याकुजा नामको संगठित आपराधिक समूह छ । तर धेरै जनता तिनीहरुको सम्पर्कमै पुग्दैनन् । अझ रोचक त के छ भने जापानमा अवैध बन्दुक राखे वापत् तिर्नुपर्ने हर्जनाको कारण त्यो आपराधिक समूहका सदस्य समेत बन्दुक बोक्न संकोच मान्छन् ।
जापानमा व्यक्तिगत तवरले बन्दुकको स्वामित्व लिन धेरै गाह्रो छ । यसको लागि कुनै पनि अपराध गरेको अभिलेख हुनुहुँदैन, अनिवार्य तालिम लिएको हुनुपर्छ । साथै मनोवैज्ञानिक मूल्यांकन, व्यक्तिको पृष्ठभूमिको गहिरो अध्ययन र छिमेकीहरुसंगको अन्तर्वार्ता समेतमा सफल भएपछि मात्र व्यक्तिगत तवरमा बन्दुक राख्न सकिने व्यवस्था छ ।
फलस्वरुप जापानको बन्दुक संम्वद्ध हिंसाका घटना हुँदैनन् भने पनि हुन्छ । औषतमा जापानमा वार्षिक १० वटा मात्र बन्दुक सम्वद्ध हिंसाका घटना भएको देखिन्छ । सन् २०१७ मा जम्मा ३ वटा मात्र घटना भएको थियो ।
यस्तो पृष्ठभूमिमा भएको विस्मयकारी घटना, यसमा संलग्न बन्दुकधारी र उसले प्रयोग गरेको हतियारको बारेमा धेरैको चासो केन्द्रित भएको छ ।
बन्दुकधारी को थियो ? कहाँबाट उसले त्यस्तो हतियार प्राप्त ग¥यो ? जापानी समाचार संस्थाहरुको अनुसार ४१ वर्षे बन्दुकधारी जापानी सेना बराबरको हैसियत भएको जापानी आत्मसुरक्षा दलको पूर्व सदस्य थियो ।
तर नजिकबाट नियाल्दा उसले जापानी सेनामा ३ वर्षमात्र सेवा गरेको देखिन्छ । उसले प्रयोग गरेको हतियार झनै आश्चार्यजनक छ । आक्रमणपछि भुँइमा देखिएको बन्दुक हेर्दा यो घरमै बनाएको हतियार जस्तो देखिन्छ । यो हतियार इन्टरनेटबाट डाउनलोड गरिएका योजनाको आधारमा बनाए जस्तो छ ।
तसर्थ यो कुनै सुनियोजित राजनीतिक आक्रमण हो वा प्रख्यात व्यक्तिमाथि हमला गरेर चर्चामा आउन चाहने कुनै सन्काहाको लहड हो ? अहिले सम्म अनुत्तरित छ ।
निश्चित रुपमा, जापानी इतिहास पनि राजनीतिक हत्याकाण्डसंग जोडिएको छ । सन् १९६० मा जापानी समाजवादी पार्टीका नेता इनेजिरो आशानुमालाई सामुराई तरबार(जापानी हतियार) प्रयोग गरी पेटमा प्रहार गरिएको थियो । त्यो समयमा दक्षिणपन्थीहरुले आक्रमण गरेका थिए । अबे आफैं दक्षिणपन्थी राष्ट्रवादी भएकोले यस्तो निशानामा पर्ने सम्भावना पनि थिएन ।
यहाँ पछिल्ला वर्षहरुमा केही साझा प्रकारको अपराधहरु देखिएका थिए । चुपचाप, केही एक्लो पुरुषहरु पुरानो कुण्ठा, रिस वा अपमानको बदलामा कसैमाथि खनिएका घटनाहरु अभिलेखमा रहेको छ । सन् २०१९ मा एउटा पुरुषले स्टुडियो भएको घरमा आगो लगाई ३६ जनाको ज्यान लिएपछि सोधिएको बयानमा उसले प्रहरीसंग भनेको थियो: ” यस स्टुडियोले मेरो रोजगारी खोसेको थियो”
२००८ मा घटेका एक घटनामा रिसले चुर भएको एउटा युवकले टोकियोको आखिबारा जिल्लाको बजारमा भएको भिडमा मानिस नै किच्ने गरी गाडी दौडायो, ओर्लिएर अन्धाधुन्ध प्रहार गर्न थाल्यो । त्यस घटनामा ७ जना मारिएका थिए । उसले आक्रमण गर्नुपूर्व अनलाईनमा सन्देश छोड्दै यस्तो लेखेको थियो : “म अखिबारामा मानिसहरुको हत्या गर्नेछु , मेरो एक जना पनि साथी छैनन् , म नराम्रो भएकोले सबैले मलाई उपेक्षा गरे, मेरो हैसियत काम नलाग्ने पत्रु समान भन्दा पनि तल्लो भयो”
यो स्पष्ट छैन की आबेको हत्या सन् १९६० तिरको जस्तो हो वा पछिल्ला वर्षमा घटिरहेका अपराध श्रृंखलाको निरन्तरता । तर अब निश्चित छ कि यो हत्याकाण्डपछि जापानी जीवन परिवर्तन हुनेछ ।
जापान यती सुरक्षित थियो कि आज बिहानसम्म पनि यहाँको सुरक्षा प्रबन्ध अत्यन्त खुकुलो र निश्चिन्त थियो । पहिले पनि चुनावी प्रचार प्रसारको समयमा अहिलेको जस्तै गरी नेताहरु सडकको कुनामा उभिएर भाषण गरिरहेका हुन्थे, पैदल यात्रुसंग र पसलेहरुसंग हात मिलाउँदै हिंडिरहेका हुन्थे । यही खुलापनको कारण, आज त्यो बन्दुकधारी, अबेको नजिक पुगेर आक्रमण गर्न सफल भयो
हामीले अनुभव गरीरहेको यो सुरक्षा प्रबन्ध अब निश्चित रुपमा परिवर्तन हुनेछ ।
(रपर्ट विङफिल्ड हेस, नारा, जापान – बिबिसि अग्रेंजी संस्करण समाचारको भावानुवाद )
प्रतिक्रिया (0)