मनोज सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

उपाध्यक्षमा किरण दहाल र उपाध्यक्ष (महिला) सिर्जना घिमिरे, महासचिवमा जयसिंह महरा, सचिवमा गुञ्जनराज गिरी र सचिव (समावेशी)मा सविता शर्मा, कोषाध्यक्षमा अमुल थापा निर्वाचत

राम्रो पालिका 408
सङ्घीय मामिला पत्रकार समाजकाे शनिबार भएकाे अधिवेशबाट निर्वाचित अध्यक्ष मनाेज सत्याल, उपाध्यक्ष द्वय किरण दाहाल र सृजना घिमिरे, महासचिव जयसिंह महरा, काेषााध्यक्ष अमूल थापालगायत नवनिर्वाचित पदाधिकारी । तस्बिर ः रत्न श्रेष्ठ / रासस

संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशन सम्पन्न भएको छ । संघीय संसद भवन नयाँ बानेश्वर २०८० असार १६ गते शनिबार संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशन सम्पन्न भएको हो ।

संसदीय मामिला पत्रकार समाजको अधिवेशनको उद्घाटन समारोहमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा रानामगर, राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल, नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरी, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय, संसद सचिवालयका प्रवक्ता एकराम गिरीलगायतको उपस्थिति थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदीय मामिलामा कलम चलाउने पत्रकारहरूले जनप्रतिनिधिका विषय जस्ताको तस्तै जनतामा पुर्‍याउने महत्वपूर्ण काम गरिरहेको बताए । “समाचारको सही विश्लेषण गर्नुपर्ने जरुरी छ ।  संसद् र संसदीय समितिको काम सञ्चारमाध्यमबाटै जनतासमक्ष पुग्ने हो”, सभामुख घिमिरेले भने, “संसदीय पत्रकारले संसद्का प्रत्येक यथार्थ गतिविधि बाहिर ल्याउन भूमिका खेल्नुपर्छ ।” उनले आगामी दिनमा पनि संसदीय मामिला पत्रकार समाजसँग सहकार्य जारी रहने स्पष्ट पारेका थिए ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय मामिलाका समाचार सम्प्रेषण गर्नमा संसदीय मामिला पत्रकार समाजको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले संसदीय समिति र संसदीय समितिमा रहेका विधेयकका विषयमा पनि पत्रकारले लेख्नुपर्नेमा जोड दिएका थिए ।

उपसभामुख इन्दिरा रानामगरले पत्रकार राज्यको ऐना भएको हुनाले संसदका सही सूचना बाहिर ल्याउन संसदीय पत्रकारको भूमिका उल्लेखनीय रहेकी बताइन् । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले जनप्रतिनिधिका आवाज जनतासामु पुर्‍याउन सञ्चारमाध्यमको भूमिका  महत्त्वपूर्ण भएको बताइन् ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जनताको दृष्टिकोणमा दुई संसद भएको आफूलाई लागेको उल्लेख गर्दै एउटा जनप्रतिनिधि र जनप्रतिनिधिका विषय बाहिर लैजाने पत्रकार पनि जनप्रतिनिधि नै भएको बताए । उनले पत्रकारलाई सूचनाका लागि संसद सचिवालय सधै खुला रहेको बताए ।

संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनबाट मनोज सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

उपाध्यक्षमा किरण दहाल र उपाध्यक्ष (महिला) सिर्जना घिमिरे, महासचिवमा जयसिंह महरा, सचिवमा गुञ्जनराज गिरी र सचिव (समावेशी)मा सविता शर्मा, कोषाध्यक्षमा अमुल थापा निर्वाचत भएका हुन् ।

कार्यसमिति सदस्यमा राजु थापा, पुजन आचार्य, कमलराज भट्ट, रघुनाथ बजगाई, विनोद कटुवाल, शिला तिमिल्सिना, मीरा बस्नेत र अन्जना लामिछाने चयन भएका छन् ।

स्रोत:संसदीय मामिला पत्रकार समाज(https://jspa.org.np/archives/351)

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *