पत्रकारले लेखेका हुन् कि पत्रकारको नाममा धन्दा गर्नेहरुले लेखन र प्रकाशन गरेका हुन् ?

पत्रकार र सञ्चारमाध्यमले के गर्न हुँदैन ?

पत्रकार आचारसंहिता २०७३ को दफा ५ भित्र रहेका उपदफा १ देखि १४ सम्म अध्ययन गरौं ।

राम्रो पालिका 588

छापाखानाबाट प्रिन्ट हुने पत्रिका, रेडियो, टेलिभिजन हुँदै हाल अभ्यासमा आएको अनलाइन माध्यमबाट सञ्चालित हुने पत्रकारिताले समाजमा सुचना प्रवाहको लागि महत्वपूर्ण भूमिका खेलीरहेका छन् । नेपालका मुलधारमा रहेका भनिएका मिडियामा कार्यरत पत्रकारहरुले गएको १० वर्षभित्र आफ्नै अनलाइन सञ्चारमाध्यम स्थापना गरेर पत्रकारिताको अभ्यास गरिरहेको पाउन सकिन्छ । प्रविधिको सुलभता र इन्टरनेटमा सस्तो तथा सजिलो पहुँच भएकोले आजकल सयौंको संख्यामा अनलाइन पत्रकारिता गर्ने संख्या थपिएको छ । टेलिभिजनबाट प्रसारित हुने श्रव्यदृश्य सामग्रीकै हाराहारीमा युट्युवबाट प्रसारित हुने सामग्रीले स्थान पाइरहेको छ । पत्रकारिताको नाममा अनलाइन पोर्टल र युट्युव जस्ता च्यनालहरुको दुरुपयोग भएको घटनाहरु पनि बढिरहेका छन् । यस्तो बेला पत्रकारहरुले पालना गर्नुपर्ने आचार संहिताको महत्व समेत झनै बढेको छ । पत्रकार आचारसंहिता २०७३ (पहिलो संसोधन २०७६) को दफा ५ मा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कामहरु तोकिएको छ ।

पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने
५. पत्रकार र सञ्चारमाध्यमले देहाय अनुसार कार्यहरू गर्नुहुँदैन :

(१) सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने : पत्रकार तथा सञ्चारमाध्यमले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनताविरूद्ध एवं विभिन्न जात–जाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने, जातीय भेदभाव वा छुवाछुतलाई दुरुत्साहन गर्ने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।
(२) भेदभाव हुने गरी र निजी स्वार्थपूर्तिका लागि सूचनाको सम्प्रेषण : (१) पत्रकार तथा सञ्चारमाध्यमले जातीय,लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक तथा मानसिक अवस्था जस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन । (२) पत्रकार तथा सञ्चारमाध्यमले त्रसित पार्ने, धम्क्याउने, अनुचित आर्थिक फाइदा उठाउने, व्यक्तिगत स्वार्थपूर्ति गर्ने र कसैलाई अनुचित लाभ वा हानि पु¥याउने नियत राखी पत्रकारिताको पेशागत मर्यादा प्रतिकूल कार्य गर्नुहुँदैन । (३) पत्रकार परिचयपत्र वा प्रेस प्रतिनिधि प्रमाणपत्र वा सञ्चारमाध्यमको अनुमतिपत्रलाई व्यक्तिगत स्वार्थ वा अवाञ्छित काममा प्रयोग गर्नुहुँदैन ।
(३) हिंसा, आतंक र अपराधलाई प्रश्रय हुने : पत्रकार तथा सञ्चारमाध्यमले हिंसा, आतंक र अपराधलाई प्रश्रय हुने वा आत्महत्या गर्न उक्साउने, अश्लील, सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा त्रास उत्पन्न गर्ने किसिमका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।
(४) पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी सूचनाको सम्प्रेषण : १) पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति
वा शोकमा परेका, दुःख–पीडा भोगिरहेका व्यक्ति वा उनका आफन्तजनमा थप पीडा पुग्ने गरी वा सार्वजनिक संवेदनशीलतामा प्रतिकूल असर पर्ने गरी कुनै पनि विवरण, चित्र, संकेत लगायतका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन । (२) पत्रकार तथा सञ्चारमाध्यमले यौन अपराध वा सामाजिक विभेद तथा घृणाका कारण उत्पन्न घटना वा मानवताविरोधी अपराधबाट प्रभावित व्यक्तिलाई नकारात्मक असर पार्न सक्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन । त्यस्तो अवस्थामा प्रभावित व्यक्तिको सचेत स्वीकृति विना र प्रभावको मूल्यांकन नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित वा निजका तर्फबाट उजुरी दिने व्यक्तिको समेत नाम, ठेगाना र पहिचान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खुलाउनुहुँदैन ।
(५) घटनासंग असम्बन्धित व्यक्तिको नाम उल्लेख : (१) पत्रकार तथा सञ्चारमाध्यमले कुनै घटनासँग सम्बन्धित समाचार प्रकाशन–प्रसारण गर्दा घटनासँग सम्बन्ध नभएका नातेदार वा नजीकका व्यक्तिको नाम असान्दर्भिक रूपमा जोडी कसैको मर्यादामा आँच पुग्ने वा चरित्रहत्या हुने गरी कुनै पनि सामग्री प्रस्तुत गर्नुहुँदैन । प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको संयुक्त कार्यदलबाट २०७३.०५.२० मा पारित अन्तिम मस्यौदा, काउन्सिलबाट २०७३.५.२२ मा स्वीकृत भएको । (२) यौन अपराध वा सामाजिक विभेद तथा घृणाका कारण उत्पन्न घटना वा सन्दर्भमा प्रभावितको सचेत स्वीकृति र प्रभावको मूल्यांकन विना नाम, ठेगाना र पहिचान खुल्नेगरी समाचार, तस्वीर र दृश्य उत्पादन, वितरण वा प्रकाशन–प्रसारण गर्नुहुँदैन ।
(६) बीभत्स दृश्य र तस्बिर प्रकाशन वा प्रसारण : पत्रकार तथा सञ्चारमाध्यमले समाजमा हिंसा, निराशा, घृणा,
सन्त्रास र उत्तेजना फैलाउने किसिमका नग्न, क्षतविक्षत र बीभत्स दृश्य एवं तस्वीरहरू सम्प्रेषण गर्नुहुँदैन ।
(७) फोटो तथा दृश्यको गलत प्रयोग : (१) पत्रकार तथा सञ्चारमाध्यमले कुनै टिप्पणी वा स्पष्टता विना तस्वीर, भिडियो दृश्य, ध्वनि वा तथ्यलाई तोडमोड गरी पहिचान नै बदल्ने वा गलत पहिचान दिने वा गलत अर्थ लाग्ने वा असान्दर्भिक हुने गरी सामग्री प्रकाशन वा प्रसारण गर्नुहुँदैन । (२) पत्रकार तथा सञ्चारमाध्यमले साजसज्जाका क्रममा वास्तविकताभन्दा अलग देखिने गरी नक्कली वा बनावटी किसिमले अलग–अलग फोटोहरू मिलाउन, छाँटकाँट वा तोडमोड गर्नहुँदैन । मोडलिङ वा अभिनय वा रेखाचित्र वा कोलाज गरेर कुनै फोटो वा दृश्य तयार गरिएको खण्डमा पाठक, दर्शक वा श्रोता नझुक्किने गरी सो कुरा स्पष्ट उल्लेख गर्नुपर्दछ ।
(८) विज्ञापनलाई समाचार र समाचारलाई विज्ञापनका रूपमा प्रस्तुति : (१) पत्रकार तथा सञ्चारमाध्यमले विज्ञापनलाई समाचार, लेख वा अन्य कुनै सम्पादकीय सामग्रीको रूपमा र समाचारलाई विज्ञापनको रूपमा प्रस्तुत गर्नुहुँदैन । (२) विज्ञापन मार्फत समाचारको खण्डन गर्नुहुँदैन ।
(९) पोस्ट डिलिट : (१) अनलाइन सञ्चारमाध्यमले सामग्री सम्प्रेषण गर्दा पहिले नै राखिएको जस्तो देखाउने गरी पुरानो मिति र समय उल्लेख गर्न र एकपटक प्रकाशित सामग्री प्रकाशन पश्चात् हटाउन हुँदैन । तर असावधानीवश पोस्ट हुन गएका गम्भीर क्षति पु¥याउने खालका सामग्री हटाउँदा त्यस्तो सामग्रीको प्रकृति खुलाई क्षमायाचना गर्नुपर्दछ । (२) प्रकाशित सामग्रीमा प्राप्त हुने असान्दर्भिक, अमर्यादित, अश्लील टिप्पणी वा सामग्रीलाई स्थान दिनुहुँदैन । सम्प्रेषण भएका टिप्पणी वा प्रतिक्रियाको जिम्मेवारी सम्बन्धित अनलाइन सञ्चारमाध्यमको हुनेछ ।
(१०) अनुचित दवाब वा सम्बन्ध : (१) पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि सामग्री संकलन वा सम्प्रेषण गर्दा अनुचित प्रभाव पार्न खोज्ने विज्ञापनदाता, समाचारका स्रोत, व्यक्ति वा समूह कसैको पनि प्रत्यक्ष वा परोक्ष दवाब वा प्रलोभनमा पर्नुहुँदैन । (२) पत्रकार तथा सञ्चारमाध्यमले प्रायोजकबाट प्रभावित भै समाचार सामग्री सम्प्रेषण गर्नुहुँदैन । (३) पत्रकार तथा सञ्चारमाध्यमले समाचारस्रोतसँग पेशागत मर्यादा विपरीत सम्बन्ध राख्न एवं व्यक्ति वा संस्थाको निहित स्वार्थपूर्तिका लागि सञ्चारमाध्यमको दुरूपयोग गर्नुहुँदैन ।
(११) प्रविधिको अदृश्य प्रयोग : (१) पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि प्रविधिको अदृश्यरूपमा प्रयोग गर्नुहँुदैन ।
(२) उपदफा (१) बमोजिम सार्वजनिक हितका लागि प्रविधिको गोप्यरूपमा प्रयोग गर्नुपरेमा त्यसरी संकलित सामग्री प्रस्तुत गर्दा पाठक, श्रोता वा दर्शकलाई जानकारी दिनुपर्दछ ।
(१२) न्याय निरूपणमा प्रभाव : पत्रकार तथा सञ्चारमाध्यमले न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ
प्रक्रिया वा निर्णयमा प्रतिकूल असर पार्ने गरी कुनै पनि सामग्री सम्प्रेषण गर्नुहुँदैन ।
(१३) पेशागत मर्यादाविपरीत उपहार तथा पुरस्कार ग्रहण : पत्रकार तथा सञ्चारमाध्यमले पेशागत मर्यादा तथा
दायित्वमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघसंस्था वा व्यक्तिबाट कुनै पनि प्रकारका पुरस्कार, उपहार वा सम्मान वा विशेष सुविधा लिनुहुँदैन ।
(१४) मर्यादा र आत्मसम्मानमा प्रतिकूल असर : (१) पत्रकार तथा सञ्चारमाध्यमले अशक्त, असहाय तथा अन्य अल्पसंख्यक समुदायका बारेमा समाचार सामग्री सम्प्रेषण गर्दा उनीहरूको मर्यादा, भावना तथा आत्मसम्मानमा प्रतिकूल असर ¥याउनुहुँदैन ।
(२) पत्रकार तथा सञ्चारमाध्यमले महिला तथा ज्येष्ठ नागरिकका बारेमा समाचार सामग्री सम्प्रेषण गर्दा उनीहरूको मर्यादा, भावना तथा आत्मसम्मानमा प्रतिकूल असर पु¥याउनहुँदैन ।
(३) पत्रकार तथा सञ्चारमाध्यमले अपांगता भएका व्यक्तिका बारेमा समाचार सामग्री सम्प्रेषण गर्दा उनीहरूको
मर्यादा, भावना तथा आत्मसम्मानमा प्रतिकूल असर पु¥याउन र होच्याउनुहुँदैन ।

प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको संयुक्त कार्यदलबाट २०७३.०५.२० मा पारित अन्तिम मस्यौदा, काउन्सिलबाट २०७३.५.२२ मा स्वीकृत भएको ।
(४) बालबालिकासम्बन्धी सामग्री सङ्कलन तथा सम्प्रेषण गर्दा बाल संवेदनशीलता प्रतिकूल हुने गरी देहायका कार्यहरू गर्नुहुँदैनः–
(क) बालबालिकालाई तत्कालीन र दीर्घकालीन हानि हुने गरी समाचार संकलन तथा सम्प्रेषण गर्नुहुँदैन ।
(ख) कानून विपरीत कार्य वा बाल बिझ्यार्इँमा संलग्न बालबालिकासम्बन्धी समाचार सामग्री सम्प्रेषण गर्दा बाल न्यायको सिद्धान्त विपरीत गोपनीयता खोल्नुहुँदैन ।
(ग) आपराधिक गतिविधिमा संलग्न बाबुआमा वा परिवारका सदस्यहरूको समाचार दिंदा बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मुछ्नुहुँदैन ।
(घ) सोह« वर्ष उमेर पूरा नभएका बालबालिकाको अन्तर्वार्ता वा तस्वीर अभिभावक, संरक्षक वा परिवारको अनुमति विना लिनुहुँदैन ।
(१५) जनस्वास्थ्य वा व्यक्तिको स्वास्थ्यका सम्बन्धमा अतिरञ्जना : पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको स्वास्थ्य, महामारी लगायत जनस्वास्थ्यसँग सरोकार भएका विषयसम्बन्धी सामग्री पाठक, श्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुनेगरी अतिरञ्जित तवरमा सम्प्रेषण गर्नुहुँदैन ।

पत्रकारले लेखेका हुन् कि पत्रकारको नाममा धन्दा गर्नेहरुले लेखन र प्रकाशन गरेका हुन् ? पत्रकार आचारसंहिता २०७३ को दफा ५ भित्र रहेका उपदफा १ देखि १४ सम्म अध्ययन गरौं ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *