के हुँदैछ कालीमाटी तरकारी बजारमा ?
विचौलियाको धन्दा छ कि व्यवसायीको व्यापार ?
असार २७, कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले २०६५ सालमा गरेको कालिमाटीका ५ सय ६६ र बालाजु तरकारी बजारका ५६ गरी ६ सय २२ वटा पसलको १५ वर्षे करार सम्झौता असार मसान्तमा सकिँदैछ ।
आगामी साउन एक गतेदेखि सरकारी स्वमित्वका कालीमाटी तथा बालाजुको फलफुल–तरकारी बजारको सटरहरू व्यवस्थित प्रणाली बनाएर किसान तथा उपभोक्ता मैत्री बनाई भाडामा लगाउनुपर्नेमा पुरानालाई सिधै नवीकरण गरिदिने प्रयास तिव्र भएको बुझिएको छ । समयावधि सकिन एक हप्तामात्र समय बाँकी रहँदा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले नयाँ प्रतिस्पर्धाको तयारी नै गरेको छैन । अहिलेकै व्यवसायीका नाममा सटर नवीकरण गराउने भन्दै व्यवसायीका अगुवाहरुले सरकारमा रहेका दलका नेताहलाई पटक पटक भेट गरेका छन् । केही अगुवाहरुले आर्थिक सहयोगको प्रस्ताव समेत गरेको स्रोतको दावी छ ।
बजारका पसलको नवीकरण गर्ने विषयमा केही पनि निर्णय नभएको बजार विकास समितिले बताएको छ । समितका सहयाक कार्यकारी निर्देशक अर्जुन प्रसाद अर्याल र प्रवक्ता एवं उपनिर्देशक विनय श्रेष्ठले राम्रोपालिकासंगको कुराकानीको क्रममा कालीमाटी र बालाजु बजारमा हालका व्यापारीको म्याद सकिएको र अब के गर्ने भन्नेबारे छलफल भइरहेको बताए । कालीमाटी फलफूल तथा तरकारी बजार विकास तथा सञ्चालन नियमावली २०६० ले हालको करारमा म्याद थप वा करार नवीकरणको व्यवस्था गरेको छ । विकास बोर्डमा कालीमाटीको म्याद थपबारे छलफल भइरहेको र नियमावलीका प्रावधान सम्बन्धमा पनि छलफल भइरहेको छ ।
१५ वर्षदेखि एकलौटी भाडामा पाएका व्यवसायीहरू कुनै पनि हालतमा बजारका पसलहरू आफ्नै नाममा नवीकरण गर्नपर्ने पक्षमा देखिएका छन् । राम्रोापालिक टिमले बुधबार बिहान बजारका केही व्यवसायीहरु र समितिका कर्मचारीसंग कुराकानी गरेको थियो । म्याद थपको पक्षमा व्यापारीहरुले गरेको जिकिरको आधार बलियो नदेखिएपनि अधिकांश व्यपारीहरु म्याद थप हुनेमा विश्वस्त देखिएका छन् । केही व्यापारीहरुले उनीहरुलाई विचौलिया सम्बोधन गरेकोमा आपत्ति जनाएका छन् । संकलक र व्यापारीको बिचमा रहेको विचौलियको तह हटाउने बारेमा उनीहरुको प्रष्ट धारणा नभएपनि बजार व्यवस्थित गराउन आवश्यक भएको विषयमा व्यापारीहरुसमेत सहमत देखिएका छन् ।
कालीमाटी बजारमा किसानको लागि छुट्याइएको होल्डीङ यार्ड , अक्सन एरिया र सहकारी तथा समूहले प्रयोग गरिरहेका सटरहरु समेत किसान र उपभोक्तामैत्री रुपमा चलाउन सकेको अवस्था देखिएन । कालीमाटी तरकारी बजारमा विचौलियाको धन्दा छ कि व्यवसायीको व्यापार ? यो विषयमा राम्रोापालिका डटकमले आगामी दिनमा डिजिटल पत्रिका मार्फत थप सुचना र समाचार पस्कने छ । तत्कालको लागि सम्झौता नविकरणको सम्बन्धमा व्यवसायी र बजार विकास समितिसंग गरिएको कुराकानीको भिडियो बिहिबारको युट्युव श्रव्यदृश्य अंकमा प्रसारित गरिनेछ ।
प्रतिक्रिया (0)