स्थानीय तहका कर्मचारीहरु संघर्षतर्फ अग्रसर !

राम्रो पालिका 647

सरकारले संघीय निजामती सेवा विधेयकलाई मन्त्रिपरिषद् बाट पारित गरेर संसदमा दर्ता गर्ने तयारी तिव्र भएको बेला स्थानीय तहमा कार्यरत कर्मचारीहरुले आफ्नो सरोकार नसमेटिएको भन्दै देशव्यापी विरोध प्रदर्शन शुरु गरेका छन् । २०८० भाद्र ५ गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरको स्थनीय तहलाई भाद्र २२ गतेको निजमती सेवा दिवस मनाउन पत्राचार गरेको सन्दर्भमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुले संगठित रुपमा आ-आफ्नो स्थानीय तहबाट विज्ञप्ती जारी गर्दै संघीय सरकारको ध्यानाकर्षण गराउने अभियान शुरु गरेका छन् । यसै क्रममा मंगलबार साँझसम्म ७ वटै प्रदेशका १०० भन्दा बढि स्थानीय तहमा कार्यरत कर्मचारीहरुबाट सार्वजनिक भएको विज्ञप्तीमा मूख्यत: निम्नानुसारको माग समेटिएको पाइएको छ ।
मूख्य मागहरु
१)संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने ।
२)अन्तर प्रदेश सरुवाको व्यवस्था संघिय ऐनमा नै खुलाउनुपर्ने ।
३)प्रमूख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको हुनुपर्ने ।
४)निजामती अस्पतालमा सबै तहको कर्मचारीलाई समेट्नुपर्ने ।
५)सरुवा प्रणाली चक्रिय, अनुमानयोग्य र व्यवस्थित हुनुपर्ने ।
६)स्थानीय तहका कर्मचारीलाई निजामती सेवाभित्र समेटिनुपर्ने ।
७)सबै तहका कर्मचारीलाई समान प्रकारको वृत्ति विकासको अवसर उपलब्ध गराउनुपर्ने ।
८)निजामती सेवा प्रवेशको द्धार स्थानीय तह हुनुपर्ने ।
९) स्थानीय तहमा कार्यरत कर्मचारीको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने ।
१०)काजमा रहेका कर्मचारीलाई दरबन्दी सहित सरुवा गर्नुपर्ने ।

राम्रोपालिका टिमलाई प्राप्त सुचना अनुसार आगामी २२ गते मनाउने गरी तय भएको निजामती सेवा दिवसको दिन देशैभरको स्थानीय तहमा कार्यरत कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर प्रदर्शन गर्नेछन् । साथै, कर्मचारीहरुको हकहितको लागि प्रतिनिधिसभा तथा राष्ट्रियसभाको माननीय सांसदहरु तथा संसदीय समितिका सदस्यहरु समेतलाई भेटेर आफ्नो आवाज समेत सुनाउने तयारी भएको छ ।कर्मचारीहरुले सार्वजनिक गरेको विज्ञप्तीलाई सम्बन्धित स्थानीयतहले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा आवश्यक कार्यको लागि भन्दै फरवार्ड गरेपछि मन्त्रालयमा समेत दवाव सृजना भएको बुझिएको छ ।

https://youtu.be/OSqFs661njI

https://www.facebook.com/profile.php?id=100083503749049

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *