अव देखि डिम्याट नबिकरण नगरेकाले आइपियो भर्न नपाउने
अबदेखि डिम्याट खाता नबिकरण नगरेका लगानीकर्ताले आईपियो भर्न नपाउने भएका छन्। सिडिएससि एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खाता नबिकरण नगरेका लगानीकर्ताको मेरो सेयर रोक्का गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ।
कम्पनीले २०८० भाद्र १५ गतेदेखि डिम्याट नबिकरण नगरेका लगानीकर्ताको मेरो सेयर रोक्का राख्रे जनाएको छ।
अब, प्रयोगकर्ताले प्रत्योक आर्थिक बर्ष समाप्त हुनुअगावै आफ्नो निक्षेप सदस्यलाइ बुझाउनुपर्ने व्यबस्था छ।
सिडिएससीको तथ्याङ्क अनुसार हाल डिम्याट खाताको संख्या ५८ लाख बढि रहेको छ। यी मध्ये करिब ३५ लाख खाता मात्र नबिकरण रहेको छ। बाँकी खाता नबिकरण हुन बाँकि खाता नविकरण भएका छैनन्। डिपि भनेर चिनिने डिम्याट खोल्ने कम्पनीहरुले करिब १७ लाख डिम्याट खाता नविकरण हुन बाँकि रहेको तथ्याङ्क सिडिएसलाई उपलब्ध गराएका छन्। तर यो संख्या करिब २० लाख भएको सिडिएसको अनुमान छ।
प्रतिक्रिया (0)