इ.अ.स.को स्नातक प्रवेश परिक्षा अनिश्चित !
इन्जिनियरिङको प्रवेशपरिक्षा बोर्डले राजीनामा दियो
आश्विन १६, शुल्कवृद्धिको प्रस्ताव पछि उत्पन्न विवादको कारण त्रिभुवन विश्वविद्यालय अन्तरगतको इन्जिनियरिङ अध्ययन संस्थानले केही समय अगाडि स्थगित गरेको प्रवेश परिक्षा सुचारु गर्न हिजो आश्विन १५ गते स्वतन्त्र विद्यार्थी युनीयन, डिन कार्यालय र केही विद्यार्थी संगठनका नेताहरु बिच आश्विन २२ गतेबाट सुचना प्रविधिमा आधारित प्रवेश परिक्षा शुरु गर्ने सहमती भएको विषय बाहिरिएपछि आज दिनभर अनेकौं प्रतिक्रिया उत्पन्न भएको छ ।
इअससंग सम्बन्धित कतिपयले त्यो सहमती शिवपुरी जंगलको रिसोर्टमा दवावमुलक रुपले तयार पारेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
आज दिउँसो इअस पुल्चोक क्याम्पसका विभागिय प्रमूखले आफ्नो जिम्मेवारी स्ववीयुलाई हस्तान्तरण गरेको आशयको क्याम्पस प्रशासनमा बुझाएको पत्र सार्वजनिक भएपछि सरोकारवालाहरु अचम्मीत भएको थिए ।
राम्रोपालिका टिमलाई भर्खरै प्राप्त सुचना अनुसार आजकै मितिमा इन्जिनियरिङको प्रवेशपरिक्षा बोर्डले डिन कार्यालयमा राजीनामा बुझाएको छ । राजिनामा पत्रमा भनिएको छ २०८०।०६।२२ गतेदेखि परिक्षा सञ्चालन गर्न नसकिने भएकोले त्रि.वि.इ.अ.स. डिन कार्यालयको च.न.१६५।०८०।८१ मिति २०८०।४।१ को पत्रबाट गठन भएको प्रवेश परिक्षा बोर्डको हामी तपसीलका अध्यक्ष, सदस्य र सल्लाहकारको राजीनामा पेश गरेका छौं ।
प्रवेशपरिक्षा बोर्डले राजीनामा दिएसंगै त्रिविमा अध्यापन हुने इन्जिनियरिङको स्नातक प्रवेश परिक्षा झनै अनिश्चित र अन्यौलग्रस्त बनेको छ ।
प्रतिक्रिया (0)