नेपाल सुपर लिगमा ललितपुरले बुटवल लुम्बिनीलाई हरायो
काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनीलाई हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा ललितपुरले बुटवल लुम्बिनीलाई २–० गोलले हरायो । ललितपुरका लागि दिनेश हेन्जन र कप्तान अनन्त तामाङले एक एक गोल गरेका हुन् ।
यस्तै आजको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई हराएको छ । पोखराले चितवनलाई १–० गोलले हरायो । दशरथ रङ्गशालामा भएको खेलमा पोखराका लागि ७३ औँ मिनेटमा मोजेसले गोल गरे । एनएसएलको दोस्रो संस्करण हिजोदेखि सुरु भएको हो । हिजो भएको उद्घाटन खेलमा साविक विजेता काठमाण्डौ रेजर्सले विजयी सुरुवात गरेको छ । दोस्रो संस्करणको प्रतियोगितामा ९ वटा टोली सहभागी छन् ।
प्रतिक्रिया (0)