स्थानीय तह उपनिर्वाचन: कीर्तिपुर र काठमाडौं-१६ मा माओवादी र एकीकृत समाजवादीबीच सहकार्य

राम्रो पालिका 17

काठमाडौं । आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा मेयर र काठमाडौं महानगरपालिका-१६ मा वडाध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सहकार्य गर्ने सहमति भएको छ।

सहमतिपत्रमा माओवादी केन्द्रका तर्फबाट उपाध्यक्ष अग्नि सापकोटा र एकीकृत समाजवादीका तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार, कीर्तिपुर नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादीले समर्थन गर्नेछ। यस्तै, काठमाडौं-१६ को वडाध्यक्ष पदमा एकीकृत समाजवादीका उम्मेदवार मिनबहादुर मानन्धरलाई माओवादी केन्द्रले समर्थन गर्ने सहमति गरिएको छ।

#स्थानीय_तह_उपनिर्वाचन_२०८१

#स्थानीय तह उपनिर्वाचन

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *