गुल्मीको धुर्कोटमा पशु स्वास्थ्य शिविर सम्पन्न

राम्रो पालिका 3

यो शिविरले किसानहरूलाई आफ्नो गाईभैंसी, बाख्राहरूको स्वास्थ्य समस्याको निदानसँगै व्यवसायिक पशुपालनका लागि प्राविधिक सल्लाह र तालिम दिएको छ। धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलको अगुवाइमा आयोजित यस कार्यक्रममा वडा अध्यक्ष र विभिन्न सहकारीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत किसानहरूले पशुहरूमा लाग्ने मुख्य रोग, तिनको रोकथाम, खोप तथा पोषण व्यवस्थापन सम्बन्धी जानकारी पाए। यो शिविरबाट गाउँपालिका अन्तर्गतका पशुपालक किसानहरूले प्रत्यक्ष लाभ उठाएका छन्। साथै, पशुहरूबाट हुने आर्थिक उपार्जनमा सुधार ल्याउन योगदान पुग्ने विश्वास गरिएको छ​ ।

यस प्रकारका कार्यक्रमहरूले गाउँपालिकाको ग्रामीण क्षेत्रका कृषकहरूलाई सशक्त बनाउन र आयआर्जनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

धुर्कोट गाउँपालिकामा हेफर प्रोजेक्ट नेपाल र सिर्जनशील सामुदायिक विकास केन्द्रको सहकार्यमा पशु स्वास्थ्य शिविर आयोजना गरिएको छ। गाउँपालिकाका विभिन्न व्यवसायिक फार्म र घरदैलोमै पुगेर जनावरहरूको स्वास्थ्य परीक्षण, औषधि वितरण, र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो।

यो शिविरले किसानहरूलाई आफ्नो गाईभैंसी, बाख्राहरूको स्वास्थ्य समस्याको निदानसँगै व्यवसायिक पशुपालनका लागि प्राविधिक सल्लाह र तालिम दिएको छ। धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलको अगुवाइमा आयोजित यस कार्यक्रममा वडा अध्यक्ष र विभिन्न सहकारीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत किसानहरूले पशुहरूमा लाग्ने मुख्य रोग, तिनको रोकथाम, खोप तथा पोषण व्यवस्थापन सम्बन्धी जानकारी पाए। यो शिविरबाट गाउँपालिका अन्तर्गतका पशुपालक किसानहरूले प्रत्यक्ष लाभ उठाएका छन्। साथै, पशुहरूबाट हुने आर्थिक उपार्जनमा सुधार ल्याउन योगदान पुग्ने विश्वास गरिएको छ​ ।

यस प्रकारका कार्यक्रमहरूले गाउँपालिकाको ग्रामीण क्षेत्रका कृषकहरूलाई सशक्त बनाउन र आयआर्जनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *