निकोलस माडुरोको तेस्रो कार्यकाल र भेनेजुयाली क्रान्तीको भविश्य

Pramesh Pokharel 13

गत वर्ष सन् २०२४ को जुलाईमा सम्पन्न निर्वाचनपछि आज जनवरी १०, २०२५ शुक्रबारका दिन तेस्रो कार्यकालका लागि भेनेजुएलाका राष्ट्रपतिको रुपमा निकोलस माडुरोले सपथ ग्रहण गर्दै छन् । राम्राज्यवादीहरुको अनेकन षडयन्त्र तथा विपक्षी दलले आव्हान गरेको प्रदर्शनका बीच आज हुने शपथ ग्रहण समारोहले धेरैको ध्यान खिचेको छ । भेनेजुयलामा राष्ट्रियसभामा (संसद) माडुरोको पक्षमा बहुमत छ र यसैले सपथग्रहण समारोह आयोजना गर्दै छ । सवैखाले षडयन्त्रलाई चिर्न सरकारको तर्फबाट पनि व्यापक जनसमुदायलाई सडकमा उतार्ने तथा सयौं संख्यामा विदेशी पाहुनालाई समेत निमन्त्रणा गरी समारोह भव्य बनाइदै छ । नेपालबाट पनि विभिन्न दलका प्रतिनिधीहरु समारोहमा सहभागी हुन तथा राष्ट्रपतिलाई बधाई दिन राजधानी काराकस पुगेका छन् ।
योे समारोहले निर्वाचन मार्फत निर्वाचीत निकोलस माडुरोलाई भेनेजुएलाको राष्ट्रपतिकोरुपमा समर्थन, पहिचान र वैधता प्रदान गर्ने हुनाले यसलाई साम्राज्यवाद विरुद्धको संघर्ष र विश्वव्यापी साम्राज्यवाद विरोधी उत्सवको रुपमा पनि भेनेजुयलालो मनाउँदै छ । बोलिभारियन क्रान्तीका ऐतिहासिक उपलब्धीको रक्षा गर्ने तथा भेनेजुयलाका जनताको आगामी ६ वर्षको भविष्य निर्माण गर्न यो दिन महत्वपूर्ण रहनेछ । यसले निकै विवादीत बनाउन खोजेको निर्वाचन परिणाम तथा अर्झै पनि अनेकन बाहानामा षडयन्त्र गर्दै गरेको साम्रज्यवादको अगुवाइको भएको लगातारको हस्तक्षेप तथा बारम्वारको कु गर्ने प्रयासको विपक्षमा जनमत सृजना गर्ने छ । राष्ट्रिय र अन्तराष्ट्रियरुपमा समेत अतिथिहरुको उपस्थीतिमा व्यापक समर्थनले निकोलस माडुरोको सरकारमाथि पछिल्लो निर्वाचन पछि लगाइएका आरोप गलत सावित गर्ने तथा जनसमर्थन गुमेको भन्ने आरोपबाट साख जोगाउने छ । व्यापक जनसमर्थन, उपस्थीति र राष्ट्रिय र अन्तराष्ट्रिय समर्थनले भेनेजयला एक्लो छैन भन्ने देखिनेछ ।
यसका साथै राष्ट्रपतिका लागि भने चरम नाकाबन्दी र घेराउका बीच आगामी ६ वर्षका लागि आर्थिक, राजनीनिक तथा सामाजिक चुनौतिको सामना गर्दै भेनेजुयलालाई कसरी अगाडी बढाउने र जनताको मन जितेर शासन गर्ने भन्ने चुनौति रहनेछ । पछिल्लो निर्वाचनमा माडुरोलाई हराउने ठुलो षडयन्त्र थियो तर व्यापक जनसमर्थनमा उनले चुनाव जिते । जनतासामु कठिन विकल्प थियो । साम्राज्यवादसँग झुक्ने वा नाकाबन्दीको सामाना गर्ने । तर जनताले सम्प्रभुता र स्वाभीमान रोजे । अहिले विपक्षी दलहरुले संयुक्त राज्य अमेरिकाको समर्थनमा राष्ट्रपति मादुरोलाई अपदस्थ गर्ने तथा विपक्षी इडमुन्डो गोन्जालेजलाई कठपुतली राष्ट्रपति बनाउने प्रयास निरन्तर गरिरहेको छ । सरकार विरुद्ध विपक्षी दलले आन्दोलन चलाउने प्रयास गर्यो । निकोलस माडुरो जुलाई निर्वाचनबाट निर्वाचीत राष्ट्रपति हुन् । उनी जनताको मतदानबाट राष्ट्रपति बनेका हुन् । निर्वाचनमा जम्मा भोटरको आधा बढी जनसंख्या सामेल थियो र उनीवबाहेक पनि विभिन्न दल निर्वाचनमा सामेल थिए र ति दलका विभिन्न राष्ट्रपतिका उम्मेदवार थिए । उता यो समारोहको तयारी र व्यापक समर्थनबाट अतालिएको विपक्षीहरुले आजै प्रदशर््न गर्दै छन् । उनीहरु भिडन्त र हिसां समेत भड्काउने खवर फैलाएर जनतालाई उपस्थीत हुन रोक्न खोज्दै छन् । तर काराकसमा व्यापक रुपमा सुरक्षा तयारी गर्दै शान्ती सुरक्षा कायम गर्ने प्रयास गरिएको छ ।

सिमोन वोलिभार र ह्युगो चाभेजको जन्मभुमि भेनेजुएला

दक्षिण अमेरिकी स्वतन्त्रता आन्दोलनका नायक सिमोन वोलिभारको जन्मभुमिका रुपमा चिनिने भेनेजुएला क्षेत्रफलको हिसाबमा नेपाल भन्दा धेरै ठूलो रहेता पनि जनसंख्या लगभग नेपालकै जति या ३ करोड अलि बढी भएको ब्राजिल र कोलम्बियाको छिमेकी देश हो । करीव ३०० वर्ष पश्चिमा उपनीवेश रहनु परेकोले भेनेजुएलामा स्पेनिस भाषा बोलिन्छ । यो अत्यन्तै शुन्दर र प्रकृतिको बरदान रहेको विश्वकै ठुलो तेल र ग्याँसका साथै सुनको भण्डार रहेको देश हो । दक्षीण अमिरिकी स्वतन्त्रता आन्दोलनका नायक सिमोन वोलिभारको जन्म भुमिको रुपमा यसको साख पुरै उपमहाद्विपमा छ । त्यसै भुमीमा जन्मिएका ह्युगो रफाएल चाभेज फ्रियास विश्वभर समाजवादी, अन्र्तराष्ट्रियवादी, राजनितिज्ञ र क्रान्तीकारीको रुपमा चिनिए । उनले सन् १९९९ देखि २०१३ सम्म भेनेजुएलाका राष्ट्रपतिको रुपमा एक्काइसौं शताब्दीका साम्राज्यवाद विरोधी आन्दोलन र एक्काइसौं शताब्दीमा समाजवादी क्रान्तिको नेतृत्व गरे । साम्राज्यवादीहरुको व्यापक घेराबन्दी, चरम नाकाबन्दी र लगातार हस्तक्षेपको डटेर सामना गर्दै चाभेजले व्यापक रुपमा कम्युनहरु स्थापना गर्ने, रोगजारीको सुनिश्चित गर्ने, तेल खानी र कलकारखानाको राष्ट्रियकरण गर्ने तथा सेना लगायत राज्यका संयन्त्रको समेत पुनसंरचना गर्ने नमुना कार्य गरेका थिए । त्यही वोलिभियाली क्रान्तिकै जगमा हाल भेनेजुयलामा साम्राज्यवाद विरोधी निकोलस माडुरोको समाजवाद उन्मुख सरकार निर्मम हस्तक्षेप र चरम नाकाबन्दीको पनि डटेर सामना गर्दै छ ।

बोलिभियाली क्रान्ती र अन्र्तराष्ट्रिय समाजवादी आन्दोलन
सन् १९९९ मा सरकारको नेतत्व गरेदेखि नै चाभेजले विश्वकै उदाहरणीय क्रान्तीको रुपमा बोलिभियाली क्रान्तीलाई अघि बढाए । सन् २००३ मा बोलिभियाली मिसन मार्फत ल्याएका सामाजिक न्याय र कल्याण, गरिवी निवारण, समाजवादी व्यवहारिक शिक्षा, सर्वसुलभ स्वास्थ्य र सैनिक सुधार लगायतका करीव ३० महत्वपूर्ण कार्यक्रमहरुलाई कार्यान्वयन गरेरै छाडे । चाभेजले भेनेजुयलामा मात्र होइन विश्वमै समाजवादी आन्दोलनलाई मजबुत बनाउन भुमिका खेलेका थिए । उनले पुजिवादको मुख्य हतियार विश्व व्यापार संगठनविरुद्ध क्युवा, बोलिभिया, ब्राजिल, भेनेजुयला, निकारागुवा, होण्डुरस सहभागी छुट्टै व्यापार संजाल स्थापना गरी संचालनमा ल्याए । उनले पेट्रो क्यारीव र मर्कोसुर व्यापार संजाल मार्फत क्षेत्रीय व्यापार अघि बढाए । साम्राज्यवादसँग पैठेजोरी खेल्दै उनले साम्राज्यवादका सवैखाले हस्तक्षेपविरुद्ध लडे । उनले क्युवासँग मिलेर समाजवादी अन्र्तराष्ट्रिय आन्दोलनलाई अगाडी बढाउने क्रममा थुप्रै अफ्रिकी आन्दोलनका साथै साम्राज्यवाद विरोधी मोर्चा समेत निर्माण गरे जसबाट हैटी, इरान, सिरिया र रसियासँग समेत राम्रो सम्वन्ध कायम गरे । अमेरिकी महादेशीय जनताका लागि बोलिभियाली संजाल, जनताको व्यापार सम्झौता, अल्बा, एक अन्तरसरकारी क्षेत्रीय संगठनको स्थापना गरी क्षेत्रीय सहयोग बढाए । अल्बालाई समाजवाद पक्षत्रर सरकारहरुको दक्षीण अमेरिकी संजाल पनि भनेर चिनीन्छ । उनी दक्षीण अमेरिकी समाजवादी तरङको आधार मानीन्छन् । उनी सत्तामा आएपछि नै अन्य दक्षीण अमेरिकी देशहरु ब्राजील, बोलिभिया, अर्जेन्टीना, इक्वेडर आदी देशका बामपन्थीहरुको सरकार बन्यो । यसैको जगमा अल्वाका समेत कुनै समय १३ राष्ट्र सहभागी बने । साम्राज्यवादसँग डटेर सामना गरेका उनी विश्व वैंकलाई साम्राज्यवादको दलाल संगठन मान्दथे । उनले विश्ववैंकको विरोध गरे । अन्र्तराष्ट्रिय मुद्रा कोष र विश्ववैंकबाट भेनेजुयलालाई मुक्ती दिलाए । विश्ववैंकको अरवौं रिण तिरेर देशलाई रिण मुक्त बनाए । साथै लण्डनमा रहेको भेनेजुयलाको १६० टन सुन फिर्ता ल्याउने लडाइमा तथा विश्व पुाजिवाद र साम्राज्यवादलाई घुँडा टेकाए । उनले वैकल्पीक संचार माध्यमको रुपमा टेलिसुरलाई स्थापना गरी स्थापीत गरे जुन आजपनि जनमुखी संचार माध्यमको रुपमा चिनीन्छ ।

भेनेजेयलाबारे भ्रम र एथार्थ
भेनेजुयलावारे बुझ्नुपर्ने पहिलो सत्य मुलधारका भनिएका संचारमाध्यम टिभि, रेडीयो, पत्रपत्रिका, सामाजिक संजाल तथा इन्टरनेट मार्फत त्यहाँको समग्र अवस्थाको बारेमा आएका धेरै जसो समाचारमा कुनै सत्यता छैन र यी सुचनाहरु सुनियोजित रुपमा भ्रम फैलाउन तथा त्यहाँको सरकारको बदनाम गर्ने उदेश्यले प्रेसित भएका छन् । भेनेजुयलामा चरम गरिवी, भोकमरी, अशान्ती, गृहयुद्ध चलिरहेको छ या दिनानुनिन विपक्षीको प्रदर्शन छ जस्ता अफवा हुन् । चावेज आएदेखि नै भेनेजुलया दिनानुदिन कमजोर र गरिव बन्दै गएको छ र अहिले माडुरोले देश सम्हान सकेका छैनन् भन्नु शतही र बाह्य बुझाई मात्र होइन साम्राज्यवादीका सुनियोजित समाचार हुन् ।
दोस्रो भ्रम भेनेजुयलामा समाजवादी शासन व्यवस्था छ र यो असफल छ भनी व्याख्या गर्नु हो । यो कम्युनिष्ट विरोधी, पूँजीवादी तथा साम्राज्यवादीहरुको झुठको खेति हो । त्यहाँ समाजवादी राजनीतिक र आर्थिक प्रणाली छैन । सम्पतिको राज्यकरण भएको छैन र सर्वाहारा वर्गको राज्यसत्ता पनि छैन । बरु अर्थव्यवस्था मिश्रीत छ र नीजि, सरकारी तथा सामुहिक स्वामीत्वको व्यवस्था छ । अझ भन्ने हो भने देशको धेरैजसो व्यापार र उद्योगमा नीजि लगानी छ जसलाई पुजिवादी व्यवस्थाको विशेषता मानीन्छ । राजनीतिमा पनि २१औं शताब्दीको समाजवादी विचार अंगालेको छ जुन चीन र नेपालका कम्युनिष्टहरुको विचारसँग मेल खान्छ ।
भेनेजुयलाबारे पुँजिवादीहरु संचार माध्यमहरु पहिलो र दोस्रो समाचारलाई बारम्बार जोड दिन्छन् र षडयन्त्रका तानाबाना बुन्न व्यस्त छन् । किनकी यी दुईबाट भ्रमबाट उनीहरु भेनेजुयलामा समाजवादी शासन व्यवस्था छ र त्यो असफल छ भन्ने प्रमाणीत गर्न चाहन्छन् । भेनेजुयलामा समस्या रहेको र त्यहाँ अहिले मुद्रास्फीति भएको कुरा सत्य हो । समस्या जहाँ पनि हुन सक्छन् । पुँजिवादी देशमा पनि छन् । तर भेनेजुयलाको समस्याको प्रमुख जड अपराधिक डलर राजनीति र साम्राज्यवादको चरम नाकाबन्दी हो । यसका बाबजुत पनि भेनेजुयलाको लडाइ सहहनीय छ । जनजीवन सामान्य छ र शान्तीसुरक्षा कायम नै छ ।
भेनेजुयलाबारे अर्को भ्रम हो त्यहाँ युनाइटेड सोसलिस्ट पार्टीको वा निकोलस माडुरोको अधिनायकबाद छ । यहाँ बुझ्नुपर्ने कुरा माडुरो गत जुलाईमा भएको निर्वाचनबाट निर्वाचीत राष्ट्रपति हुन् । उनी जनताको मतदानबाट राष्ट्रपति बनेका हुन् । त्यहाँ एकदलीय शासन छैन । चरम दक्षीणपन्थ तथा खुल्ला रुपमा अमेरिका परस्त दलहरु समेत छन् । त्यो पनि संसदमा समेत । वामन्थहरु पनि एकजुट छैनन् । हालका उपराष्ट्रपति समेत माडुरोको दलकी होइनन् । अझ चाखलाग्दो कुरा विपक्षी दलका चारै नेता प्रमाणीत अमेरिकी विभिन्न निकाय र संस्थामा तलबी छन् । भेनेजुयलामा त संचार माध्यममा पनि विपक्षीकै बोलवाला छ ।
अर्को भ्रम के भने भेनेजुयलामा बहुसंख्यक जनता माडुरोको विपक्षीमा छन् । यो गलत छ । अझै पनि बहुसंख्यक जनता माडुरोको समर्थनमा छन् । सेना, प्रहरी र सुरक्षा निकाय पनि । बहुसंख्यक सरकारी कर्मचारी । यहाँ दिनानुदिन विपक्षीको विरोध प्रदर्शन तथा सरकारद्वारा भएको दमनको चर्चा गरिन्छ । तर एथार्थ फरक छ । विपक्षीको प्रदर्शनमा जनसमर्थन छैन । ग्वारिम्वाज भनिने उक्त सडक अवरोधलाई जति उछाले पनि त्यसले जनसमर्थन पाउन सकेन । केहि व्यापारी तथा धेरै बाह्य देशबाट संचालीत व्यक्तिहरु यसको पछि छन् । सरकारको जनसमर्थन सन् १९९९ को परिवर्तन पछि घटेको हुनसक्छ । तर अझै पनि त्यो शक्ति कमजोर भएको छैन । भर्खरै राष्ट्रपतिको पदभार ग्रहणको बेला होस् वा विपक्षी नेताले स्वघोषणा गरेको दिन नै होस् माडुरोको पक्षमा सडकमा पचासौं हजार जनताको भीड थियो । जवकी हामीलाई त्यसको पत्तो नै भएन । यसैले देखाउँछ संचारले कति एकतर्फि समाचार सम्प्रेषण गरेका छन् भन्ने जवकी विपक्षीको समर्थनमा दशौं हजारको पनि उपस्थिति थिएन ।
चुनौति तथा आर्थिक समस्याको कारण
भेनेजुयलाको प्रमख आर्थिक स्रोत तेल व्यापार नै हो । चाभेजको नेतृत्वमा त्यहाँका तेल कम्पनिको राष्टियकरण भयो र अमेरिकाको एकल प्रभुत्वलाई तोड्ने प्रयास भयो । तेलको मुल्य बृद्धि र व्यापारमा विविधताका कारण चाभेजको कार्यकालभर भेनेजुयलाले आर्थिक रुपमा फड्को मार्यो । तर लगभक ४०% तेल खरिद गर्ने अमेरिकाले भेनेजुयलाका अमेरिकास्थीत तेल कम्मनीमाथि नै धावा बोल्यो । चरम नाकाबन्दी, तेलको मुल्यमा गिरावट, तेल रिफाइनरी क्षमताको कमी तथा भएका कम्पनीमा साम्राज्यवादको हस्तक्षेपका कारण भेनेजुयलाको पछिल्लो आर्थिक अवस्थामा धक्का पुग्यो । चाभेजको मृत्युपछि केहि समय राजनीतिक संक्रमणका साथै अर्थिक संक्रमणकालीन अवस्था बन्न पुग्यो जतिबेला चारैतिरबाट माडुरोको सरकारमाथि हस्तक्षेप भयो । नाकाबन्दी बढ्यो । डलरको खेल, व्यापारीबाट कालोबजारी तथा अन्य संकट निम्त्याइयो । त्यसकारण समस्या नभएका होइनन् तर त्यसको गलत र भ्रमपूर्ण रुपमा प्रचार गरिएको छ । तर पनि अझै ठुलो संख्याले आफ्नो सम्प्रभुता, स्वाभीमान र विचारका लागि संघर्ष गर्न मात्र होइन आफ्नो जीवन बलिदान गर्न पनि तयार छन् । साम्राज्यवादसँगको लडाई लड्न तयार छन् । भेनेजुयला साम्राज्यवाद विरोधी आन्दोलनको केन्द्र बनेको छ । अझै पनि सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र खाद्य सम्प्रभुताको क्षेत्रमा भेनेजसयलामा अनुकरणीय प्रयास छन् । त्यहँको कम्युन, नागरिकको परिचयपत्र, खाद्य सुरक्षा कार्यक्रम (क्याल्प) र सेनाको क्रान्तिकारीकरण थुप्रै समाजवादी कार्यक्रमका उदाहरणीय र अनुकरणीय कार्य हुन् । तर यसको निरन्तरता आवश्यक छ ।
बेला न कुबेला भेनेजयला होइन भेनेजुयलाको संघर्षलाई साथ दिनुपर्छ
भेनेजुयलाको विषयले नेपालमा समय समयमा चर्चा पाइरहेको छ । पछिल्लो पटक राष्ट्रपतिको रुपमा माडुरो निर्वाचीत भएको समय नेपालमा यो चर्चाको विषय बन्यो । संयोग यसपटक पनि के पी ओली नै प्रधानमन्त्री रहेका छन् । पछिल्लो पटक तत्कालिन नेकपाले भेनेजुयलाको अवस्थाबारे जारी गरेको बक्तव्यले चर्चा पाए झै यसपटक होला नहोला । यसपटक कुन कुन दलको तर्फबाट बधाई शन्देश पठाइएला ? यो हेर्न वाँकी छ । तर विगतमा यसलाई आवश्यक थियो या थिएन भन्ने विष्लेषण भयो र यसका विभिन्न आयाम र नाफा—घाटाको चर्चा भयो । त्यो निकै गलत भयो । यो विषयलाई यति उछालियो की धेरैलाई यो वा त्यो कित्तामा नउभिई धरै भएन । थोरै साम्राज्यवाद विरोधीहरुमात्र भेनेजुयलाको पक्षमा उभिए र धेरैले यो विषय हाम्रो चासोको विषय ठानेन्न् । सामान्य रुपमा एक देशको सम्प्रभुताको पक्षमा उभिनुलाई समेत प्रश्न गरियो । हुनत इजरायलले प्यालेस्टानी जनतामाथि गरिरहेको नरसंहारलाई आफ्नो चासोको विषय नठान्ने मनुवाहरुलाई, विश्वव्यापी रुपमा भएका असमानता, विभेद, शोषण र दमनका विरुद्ध चुइक्क नबोल्नेहरुलाई यो विषय सांदर्भिक नलाग्ला । तर सचेत, सामाजिक, मानवीयता भएको व्यक्तिले साम्राज्यवादले गरेको हस्तक्षेप र चरम नाकाबन्दी विरुद्ध बोल्दछ । अझ समाजवादीहरु जो विश्वमा भाइचारा सम्वन्ध राख्दछन् उनीहरुका लागि अर्को देशमाथि नाङगो हरुतक्षेप हुँदा चुप बस्नु त हरुवा मनस्थितिको उपज मात्र हुन सक्छ । यो वैचारिक राजनीतिक समर्थनको पनि सवाल हो । यो त मात्र पुँजिवादको नाफा घाटाको राजनीति सामु कसरी मानवता, वैचारिकता र भाइचाराको अवमुल्यन हन्छ भन्ने महत्वपूर्ण पाठ हो ।
अन्त्यमा, क्रान्तीको जग, व्यापक जनसमर्थन तथा कार्यकर्तामा आधारीत पार्टी भएको कारण नै वारम्वारको कु र सत्ता परिवर्तनको साम्राजयवादी श्रृंखलालाई भेनेजुयलाले परास्त गर्न सफल भएको छ । यो नयाँ होइन चाभेजले सन् १९९८ मा चुनाव जितेर १९९९ मा संविधान सभाको निर्वाचन मार्फत भेनेजुएलालाई वोलिभियाली गणतन्त्र भेनेजुयलाको रुपमा स्थापीत गरे पश्चात् यो श्रृंखला सुरुवात् भयो । अझ चाभेजले त्यहाँको तेलबाट विश्वकै धनाड्य मालिक बनेकाहरुको तेलखानी राष्ट्रियकरण गर्ने, न्यायपालिका र संसदको शक्तिमा संसोधन गर्ने तथा खुल्ला बजार अर्थतन्त्र, पुजिवादी हस्तक्षेप र नवउदारवादको विपक्षीमा तथा वैकल्पीक विकास नीतिको वकालतमा समाजवादी आय वितरण , समान हैसियतको वैदेशिक नीति र लोक कल्याणको पक्षमा व्यापक सुधार मार्फत बोलिभारियन क्रान्ति सम्पन्न गरेपछि साम्राज्यवादीहरुको होस हवास उड्यो । साम्राज्यवाद र पुजिवादीहरुको सातो जानेगरी चाभेजले गरेको आमुल परिवर्तनले उनीहरुलाई त्रसित गरायो । उनीहरु षडयन्त्रका तानावाना बुन्न थाले । साम्राज्यवादीहरुको सहयोगमा सन् २००२ मा सुरु भएको निरंकुश कु को श्रृखंला निरन्तर जारी छ । तर भेनेजुयला समाजवादी आन्दोलनको एक आशा हो । भेनेजुयलामाथि भएको अमानवीय चरम नाकाबन्दी तथा सार्वभौम राष्ट्रमाथिको हमला कुनैपनि स्वतन्त्र नागरिकलाई स्वीकार हुन सक्दैन । हामीले सिक्किम, इरान, इराक, सिरिया आदी दर्जनौं देशमा के भयो र किन भयो विर्सिएका छैनौं । प्यालेस्टाएन जनताको नरसंहारविरुद्ध हामी बोल्छौं र बौल्नुपर्छ । त्यसैले पनि तेस्रो कार्यकालमा लागि सपथ लिदै गरेका राष्ट्रपति निकोलस माडुरो र उनको पार्टीलाई बधाई तथा शुभकामना ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *