दिल्ली घोषणापत्र पारित गर्दै जी २० सम्मेलन सम्पन्न, घोषणापत्रका बुँदाहरु

राम्रो पालिका 215

भारतमा जारी जी २० शिखर सम्मेलन ९ बुँदे नयाँ दिल्ली घोषणापत्र पारित गरि सम्पन्न भएको छ। उक्त घोषणापत्र आम सहमतिबाट पारित भएको हो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले पहिलो दिन ९ बुँदे सहमतिको प्रस्ताब गरेका थिए।

जी २० मा स्विकृत भएको घोषणापत्रका बुँदाहरुः-

१) हामी भारतको जी २० अध्यक्षताका दौरान स्टार्ट- अप २० इंगेजमेन्ट ग्रुपको स्थापना गरेकोमा त्यसको स्वागत गर्छौ । र यो जारि रहोस् भन्ने शुभकामना दिन्छौँ।

२)हामी सन् २०३० एजेन्डा कार्यान्वयनमा द्रुत गतिमा अगाडि लागि भारतका छिमेकिहरुको प्रशंसा गर्न चहान्छौ।

३) संशाधन दक्षता र परिपत्र अर्थव्यवस्था उद्योग संगठन ( आरइसिईआईसी) शुरु गर्न भारतले अध्यक्षता पाएकोमा सबैलाई धन्यबाद दिन्छौ। पर्यावरणका दृष्टिबाट अनुपयोगी बस्तु तथा पदार्थलाई २०३० सम्ममा कम गर्ने वा शुन्यमा झार्ने प्रतिबद्धता व्यक्त गर्दछौ।

४. भारतका छिमेकी देशहरू ले तयार गरेको उर्जा संक्रमणका लागि कम लागतको वित्त पोषण प्रतिवेदन हामीले ध्यान दिएका छौँ । जसअनुसार, विश्वको प्राथमिक उर्जा मिश्रणमा नवीकरणीय उर्जाको सबैभन्दा ठूलो हिस्साका लागि ४ ट्रिलियन अमेरिकी डलरभन्दा बढी वार्षिक लगानीको आवश्यकता भएको पाइएको छ ।

५. ग्लोबल डिजिटल पब्लिक रिपजिटरी (जीडीपीआईआर)को निर्माण र मर्मतका लागि भारतीय योजनाका तर्फबाट स्वागत गर्दछौँ । जो डीपीआईको साझा भण्डार पनि हो । जो जी २० सदस्यहरूसँगै र अन्यका लागि पनि साझा गरिएको छ ।

६. भारतीय छिमेकीको वान फ्युचर अलाइन्स (ओएफए)को प्रस्तावमाथि ध्यान दिइएको छ । जुन क्षमता निर्माणको उद्देश्यबाट स्वेच्छिक पहल गरिएको छ । वा, जसले एलएमआईसीमा डीपीआई लागु गर्नका लागि प्रविधिको सहायता र पर्याप्त धन सहायता प्रदान गर्दछ ।

७. हामी जी २० का सबै सदस्यको प्रयासको सराहना गछौं । जसले जी २० को अध्यक्षता भारतले गरिरहेको बेला अफ्रिकी संघलाई स्थायी सदस्य दिलाउनमा मार्ग प्रशस्त गर्नुभयो । अफ्रिकाले विश्वको अर्थव्यवस्थामा एक महत्वपूर्ण भूमिका निभाउँछ ।

८. हामी नयाँ दिल्लीमा जारी १८ औँ जी २० शिखर सम्मेलनमा उपस्थित प्रतिनिधिहरूको हृदयदेखि नै स्वागत गर्न चाहन्छौँ । जी २० लाई बलियो बनाउन योगदान दिने सबै भारतीयलाई धन्यवाद दिन्छौँ । हामी विभिन्न जी २० कार्य समूह र मन्त्रीस्तरीय बैठकको सफल समापनको सराहना गछौँ । उनीहरूको कार्यसम्पादनको प्रशंसा गछौँ ।

९. हामी २३ अगस्ट २०२३ मा चन्द्रमामा सफल अवतरण गरेकोमा भारतलाई बधाई दिन्छौँ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *