देशको अस्तित्व जोगाउनु पहिलो दायित्व हो : माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विश्वको परिस्थिति नसोचेको ढङ्गबाट अघि बढिरहेकाले देशको अस्तित्व जोगाउने पहिलो दायित्व भएको बताउनु भएका छ।
आइतबार बागमती प्रदेश कमिटीको प्रथम पूर्ण बैठक तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संसार गतिशील भइरहेको तर हाम्रो दिमाग स्थिर रहेको भन्दै डाइनामिक हुनुपर्ने बताउनु भएको हो।
‘विश्वको अहिलेको परिस्थिति नचिताउने ढङ्गबाट अघि बढिरहेको छ। त्यसकारण अहिले हामीले गम्भीरताका साथ देशको अस्तित्व जोगाउनु पहिलो हुन जान्छ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘देशको गरिमाको रक्षा दोस्रो कुरा, देशको राष्ट्रिय हितको संरक्षण गर्ने तेस्रो कुरा हो।’
नेपाल दुई ठूला देशको बिचमा रहेको र दुबै देशका आआफ्ना संवेदनशीलता रहेको भन्दै त्यो संवेदनशीलतालाई ध्यान दिँदै सन्तुलित सम्बन्ध राख्नुपर्ने आवश्यकता रहेको अध्यक्ष नेपालको भनाइ छ।
अध्यक्ष नेपालले मुलुकको अवस्था र आवश्यकता भन्दा बाहिर गएर सरकारले निर्णय गरिरहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, ‘आज विश्वको राजनीति कुन दिशातिर अघि बढिरहेको छ? त्यसको बारेमा विश्लेषण नगरिकन मत दिने कुराले राम्रो गर्दैन। आज अमेरिका र रूसबीच घनिष्टता बढिरहेको छ। चीन र भारत तटस्थ बसे । हाम्रो नेपालले यूक्रेनको पक्षमा मतदान गर्यो। तटस्थ बसेको भए हुने हो।’







प्रतिक्रिया (0)