अमेरिकी सामानमा चीनको आयात शुल्क लागू

राम्रो पालिका संवाददाता 80

काठमाडौँ। चीनले केही अमेरिकी सामानहरूमा तोकेको आयात कर सोमवारदेखि लागू भएको छ। अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशतकर लगाएपछि त्यसको जवाफमा चीनले पनि केही अमेरिकी सामानमा थप करको घोषणा गरेको थियो। चीनले फेब्रुअरी ४ मा यस्तो योजना घोषणा गरेको थियो।

अमेरिकी सामानमा लगाइने चीनको पछिल्लो आयात शुल्कमा अमेरिकी कोइला र लिक्विफाइड प्राकृतिक ग्यास उत्पादनका आयातमा १५ प्रतिशत सीमा कर समावेश छ। त्यसबाहेक अमेरिकी कच्चा तेल, कृषि मसिनरी र ठूला इन्जीनका कारहरूमा पनि १० प्रतिशत आयात शुल्क लगाईएको छ ।

चीनले २५ वटा दुर्लभ धातु निर्यातमा नियन्त्रण गरेको छ। ती मध्येका केही कैयौँ विद्युतीय उत्पादन र सैन्य उपकरणका लागि अहम् मानिने सामग्री हुन्।

गत साता चीनले प्रविधि कम्पनी गुगलको एकाधिकार विरुद्धको एक अनुसन्धान सुरु गरेको छ।

यसैबीच आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुनसुकै देशबाट अमेरिका भित्रने स्टील र एल्यूमिनिअममा २५ प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेका छन्। चीन विश्वका प्रमुख स्टिल र अल्मुनियम उत्पादक देशहरुमध्ये एक हो।

-बीबीसीको सहयोगमा

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *