अस्कर अवार्डमा सर्वोत्कृष्ट फिल्म बन्यो ‘अनोरा’

राम्रो पालिका संवाददाता 113

काठमाडौं । रोमान्टिक कमेडी फिल्म ‘अनोरा’ ९७ औं अस्करमा सर्वोत्कृष्ट फिल्म घोषित भएको छ।

डार्क कमेडी फिल्म अनोरा का लागि शन बेकरले उत्कृष्ट निर्देशकको ओस्कार समेत जितेका छन्। यस पटक ओस्कारमा फिल्म अनोराले कुल पाँच अवार्ड जितेको छ। जसमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री, मौलिक पटकथा र सम्पादन रहेका छन्।

त्यस्तै द ब्रुटालिस्टका लागि एड्रियन ब्रोडीले उत्कृष्ट अभिनेताको ओस्कार जितेका छन् भने फिल्म अनोरा का लागि माइकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्।

त्यस्तै फिल्म एमिलिया पेरेजका लागि अभिनेत्री जो साल्डानाले उत्कृष्ट सहायक अभिनेत्रीको अवार्ड जितेकी छन्।

त्यस्तै ब्राजिलियन फिल्म आइ एम स्टिल हियरले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड जितेको छ भने फिल्म द ब्रुटालिस्टले उत्कृष्ट छायांकनका लागि ओस्कार जितेको छ।

त्यसैगरी आइ एम नट अ रोबोट डच एआई फिल्मले उत्कृष्ट छोटो चलचित्रको ओस्कार जितेको छ भने एल मालले एमिलिया पेरेजको लागि उत्कृष्ट मौलिक गीतको ओस्कार जितेको छ।

त्यस्तै फिल्म विक्डले उत्कृष्ट निर्माण डिजाइनको ओस्कार जितेको छ भने फिल्म अनोरा ले उत्कृष्ट मौलिक पटकथाको ओस्कार पनि जितेको छ।

लस एन्जलसको आगलागीले यस क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएपछि भव्य रुपमा आयोजना गरिएको ९७औं ओस्कार समारोहमा लस एन्जलसका अग्निनियन्त्रकहरूलाई पनि मञ्चमा बोलाइएको थियो र मानिसहरूले ताली बजाएर स्वागत गर्दै उनीहरुलाई धन्यवाद दिइएको थियो।

कार्यक्रममा हालै निधन भएका पूर्व ओस्कर विजेता तथा प्रसिद्ध अभिनेता जीन ह्याकम्यानलाई पनि सम्झिएको थियो।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *