आज चाबहिल, पुरानो बानेश्वर क्षेत्र लगायत यी रुटहरु बन्द रहने

राम्रो पालिका संवाददाता 77

काठमाडौं । शिवरात्रि पर्वमा दर्शनार्थीको चापलाई ध्यानमा राख्दै नेपाल प्रहरीले विभिन्न रूटहरूको आवागमन बन्द गरेको छ ।
शिवरात्रि पर्वका कारण पशुपति क्षेत्रमा दर्शनार्थी र भक्तजनको संख्या बढ्ने भएकाले आसपासका सडक प्रहरीले बन्द गराएको हो। कतिपय सडकमा सवारी डाइभर्सन गरिएको छ ।

नेपाल प्रहरीकाअनुसार बुधबारका लागि चाबहिलबाट गौशाला हुँदै पुरानो बानेश्वरतर्फ जाने मूल सडक बन्द गरिएको छ। त्यस्तै रातोपुल–तिलगंगा खण्ड पनि बन्द गरिएको छ ।

मित्रपार्क–गौरीघाट, सिफल–जयबागेश्वरी, गोल्डेनगेट कलेज, काभ्रेडेरी, भीमसेन गोला, सिनामंगल हुँदै गौशालातर्फ आउने भित्री सडकहरू पनि आजका लागि बन्द गरिएको छ। त्यस्तै चाबहिल चोकबाट दक्षिणतर्फ जाने सबै सहायक बाटाहरू पनि बन्द गरिएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै शिवरात्रि पर्वकै लागि नेपाल प्रहरीले पार्किङकोसमेत व्यवस्थापन गरेको छ । प्रहरीले आजका लागि जयबागेश्वरी पश्चिम सिफलचौर, गुह्येश्वरी पारि, पशुपति विकास कोषको कार्यालय परिसर, भण्डारखाल, तिलगंगा आँखा अस्पताल अगाडि र बनकाली क्षेत्रमा पार्किङको व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *