आज राष्ट्रपति सेनाको कार्यक्रममा जाँदै, पशुपतिनाथको दर्शन पनि गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६२औँ सेना दिवस समारोहमा सहभागी हुँदैछन्। उनी बिहान साढे ९ बजे सैनिक मञ्च टुँडिखेलमा जानेछन्।
सेना दिवसको कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन्।
महाशिवरात्रिका अवसरमा राष्ट्रपतिले पशुपतिनाथको दर्शन पनि गर्नेछन्। उनी साढे ४ बजे पशुपतिनाथको पूजाअर्चनाका लागि जाने तय भएको छ।







प्रतिक्रिया (0)