आसिफको अर्धशतकमा नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य
काठमाडौ । ओपनर आसिफ शेखको अर्धशतकमा नेपालले भारत समक्ष २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपालले सम्हालिएको ब्याटिङ गर्दै ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको हो।
नेपालको तर्फबाट आसिफ शेखले सर्बाधिक ५८ रन बनाए भने सोमपाल कामीले ४८ तथा कुशल भुर्तेलले ३८ रन बनाए।
नेपालका लागि गुल्सन झाले २३, दीपेन्द्रसिंह ऐरिले २९, सन्दिप लामिछानेले ९, भीम सार्कीले ७, कप्तान रोहित कुमार पौडेलले ५ र कुशल मल्ल २ रन बनाएर आउट भए।
भारतका लागि मोहम्मद सिराज र रबिन्द्र जडेजाले सर्वाधिक ३-३ विकेट लिए।
अब भारतले केहिबेर पछि ब्याटिड गर्नेछ।







प्रतिक्रिया (0)