कक्षा १२ को ग्रेड बृद्धि परिक्षाको मिती सर्यो
कक्षा १२ को ग्रेड बृद्धि परिक्षाको मिती सरेको छ। यहि असोज ६ र ७ हुने भनेको परिक्षा असोज ९र १० गतेलाई तय भएको हो।
ग्रेडवृद्धि परिक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। असोज ९ गते मङ्गलबार अङ्ग्रेजी (००४१) र एक बिषयमा मात्र परिक्षा दिने बिद्यार्थीहरुले जुनै बिषयको परीक्षा दिन पाउने छन्।
दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषय तर अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) विषयको परीक्षा दिनुपर्ने बताइएको छ।
दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिन पाइने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। यो परीक्षा असोज १० गते बुधबार सञ्चालन हुने छ।







प्रतिक्रिया (0)