काठमाडौँको सीडीओ कार्यालयले सार्वजनिक घोषणा प्रणालीबाट सेवा दिँदै
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सेवा प्रवाहलाई सरल बनाउन पब्लिक अनाउन्समेन्ट सिस्टम ल्याउन लागेको छ । जेनजी प्रदर्शनपछि सुशासनको माग बढेपछि त्यसलाई सम्बोधन गर्न सार्वजनिक घोषणा प्रणाली (पब्लिक अनाउन्समेन्ट सिस्टम)बाट सेवा दिन लागिएको काठमाडौँका प्रजीअ ईश्वर राज पौडेलले रातोपाटीलाई बताए ।
सेवा प्रवाहलाई नेपालकै मोडल कार्यालयको रुपमा विकाश गर्नेगरी जिल्ला प्रशासन कार्यालय काठमाडौँले पब्लिक अनाउन्समेन्ट सिस्टम (पास)को अवधारणमा सेवा दिन लागेको हो । सुचना प्रविधिको उच्चतम प्रयोग र टोकन प्रणालीबाट सर्वसाधारणलाई सेवा दिनेगरी जिल्ला प्रशासन कार्यालयले प्रणालीको विकाश गरिरहेको छ ।
अर्को हप्ताबाट सेवा सुचारु गर्नेगरी अहिले डिजीटल ट्रान्सफर्मेसनको काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले आधुनिक शैलीबाट सेवा दिनेगरी विकाश गरेको प्रविधिको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सोमबार निरीक्षण गरेका छन् । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सुशासनको लागी नयाँ सिस्टम सुचारु गर्न लागेको शिक्षामन्त्री पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

जिल्ला प्रशासनमा जानेहरूलाई बिना झन्झट निश्चित समयमा सेवा दिइने प्रजीअ पौडेलले बताए । उनले भने, ‘त्यसको सुनिश्चितता जिल्ला प्रशासन कार्यालयले गर्नेछ ।’
_BQQvOkuXtk.gif)
जेजनी प्रदर्शन हुँदा भदौ २४ मा उच्छृङ्खल समूहले आगजनी गरेको बबरमहल स्थित जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही प्रतीक्षा तथा सहायता कक्ष स्थापना गरिएको छ । सहायता कक्षमा सेवाग्राहीलाई सहयोग गर्नेगरी कर्मचारी बस्नेछन् ।

सेवाग्राहीको कागजत स्क्रिनिङ्ग गरेपछि कर्मचारीले डिटीजल प्रणालीबाट टोकन दिनेछन् । टोकन पाएका सेवाग्राहीलाई प्रशासनका कर्मचारीले भन्नेछन्, ‘तपाईको काम यत्ति समय भित्र सकिन्छ ।’
त्यसपछि सनाखत गर्नेबेलामा मात्रै प्रतीक्षालयबाट सेवाग्राहीलाई कर्मचारीले स्कर्ट गरेर भित्र लैजाने र सेवा दिएर पठाउने प्रणाली विकाश गरिएको प्रजिअ पौडेलले बताए । उनले भने, ‘नमुना सेवा प्रणालीको सुरुवात अर्को साताबाट हुनेछ ।’
यसअघि २०७९ मा जिल्ला प्रशासन कार्यालय काठमाडौँले ‘टाइम कार्ड’ लागु गरेको थियो । तत्कालीन उप–प्रधान एवं गृहमन्त्री रबि लामिछानेको निर्देशनमा त्यसबेला १० प्रकारका सेवामा टाइमकार्ड लागु गरिएको थियो । टाइम कार्ड लागु गर्दा काठमाडौँका प्रजीअ घनश्याम उपाध्याय थिए ।
...._e4Are4scq2.jpg)
कुन सेवालाई कत्ति सयमभित्र दिइसक्ने भनेर कागजातका आधारमा ‘टाइम कार्ड’ लागु गरिएको थियो । कागजात पुगेको वा नपुगेको चेक गरेर टाइमकार्ड दिने प्रणाली जेनजी आन्दोलनपछि प्रभावित बनेको थियो । कागजात पुगेको अवस्थामा सेवा ग्राहिलाई ३० मिनेटमा सेवा दिनेगरी टाइम कार्ड लागु गरिएको थियो ।
आवश्यक कागजात पुगेको अवस्थामा १ घण्टाभित्र सेवाग्राहीले नागरिकता पाउने अवस्था थियो । नावालकको प्रमाणपत्र १ घण्टामा र छापिएर आएको राष्ट्रिय परिचयपत्र ३० मिनेटमा पाउन सकिने प्रणाली यसअघि पनि लागु गरिएको थियो ।
.._ELsE3tlM5D.jpg)
काठमाडौँ जिल्ला प्रशासनमा सिफारिस सम्बन्धी काम १ घण्टाभित्र र मुद्दाको पेशी र तारेख ३० मिनेट भिन सक्ने निति लागु गरिएको थियो । त्यस्तै, प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दा ६० दिनभित्र फैसला गर्ने लक्ष्य राखेर काठमाडौँ जिल्ला प्रशासनले आफ्नो सेवामा परिमार्जन गरेको थियो ।







प्रतिक्रिया (0)