काठमाडौंमा ग्यास सिलिन्डर पड्कँदा १४ जना घाइते : उदयपुरका मगरको अवस्था गम्भीर

राम्रो पालिका संवाददाता 54

काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर पड्किएको भएको छ। आज बिहान पौने ९ बजेको समयमा सिलिण्डर पडकँदा १४ जना घाइते भएका छन् ।

तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार त्यहाँस्थित सानदार म.म पसलमा ग्याँस सिलिण्डर पड्किएको हो। घाइते हुनेहरुपनि सोही पसलका कामदार हुन्।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ। सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको थियो ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *