काठमाडौंमा भूकम्पको ठूलो धक्का, मानिसहरु त्रसित भएर घरबाहिर
Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation
काठमाडौं। काठमाडौंमा आज बिहान भूकम्पको ठूलो धक्का महसुस गरिएको छ। बिहान ठीक ६ बजेर ५१ मिनेट जाँदा भूकम्प गएको हो। भूकम्पको धक्का यति तीव्र थियो कि धेरै मानिसहरु आत्तिँदै घरबाट बाहिर निस्किएका छन्।
मध्य भागमा केन्द्रित धक्का
प्रारम्भिक विवरणअनुसार भूकम्पको केन्द्रबिन्दु काठमाडौं उपत्यका आसपास रहेको अनुमान गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको परिमाण र केन्द्रबिन्दुको यकिन विवरण संकलन गर्ने काम गरिरहेको जनाएको छ।
भागाभाग र त्रासदीको अवस्था
भूकम्पको धक्का महसुस भएपछि काठमाडौंका धेरै क्षेत्रमा मानिसहरु घरबाहिर निस्केका छन्। कोही खुला ठाउँमा जमिनमा बसेका छन् भने कोही सुरक्षित स्थान खोज्दै अन्यत्र सरेका छन्। सामाजिक सञ्जालमा भूकम्पसम्बन्धी प्रतिक्रियाले भरिएको छ, जसमा मानिसहरुले आफ्नो अनुभव साझा गरेका छन्।
क्षतिको विवरण आउन बाँकी
अहिलेसम्म कुनै पनि मानविय वा भौतिक क्षतिको खबर प्राप्त भएको छैन। तर, केही पुराना घर तथा संरचनाहरुमा सामान्य दरार आएको स्थानीय स्रोतले बताएको छ। सुरक्षा निकाय र स्थानीय प्रशासनले क्षतिको विवरण संकलन गर्न काम गरिरहेको छ।
सतर्कता अपनाउन आग्रह
भूकम्पपछि सम्भावित परकम्पको जोखिमलाई मध्यनजर गर्दै भूकम्प विशेषज्ञ र प्रशासनले सतर्क रहन आग्रह गरेका छन्। नागरिकलाई सुरक्षित स्थानमा रहन र आवश्यकता नपरेसम्म घरभित्र नजान सुझाव दिइएको छ।
यस विषयमा थप विवरण आउन बाँकी छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले छिट्टै औपचारिक प्रेस विज्ञप्ति जारी गर्नेछ।
#भूकम्प #काठमाडौं #सुरक्षितरहनुहोस्







प्रतिक्रिया (0)