काठमाडौं महानगरमा विदेशी कुकुर पाल्नेले दुई हजार तिर्नुपर्ने व्यवस्था

राम्रो पालिका संवाददाता 47

काठमाडौँ । काठमाडौं महानगरपालिकाले विदेशी प्रजातिका कुकुरलाई दर्ता गर्दा दुई हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरेको छ । माइक्रोचिपिङ प्रक्रिया लागू गरिएको यस नयाँ नियम अनुसार विदेशी प्रजातिका कुकुरको पहिचान गराई पश्चात् वडा कार्यालयमा दर्ता गर्नु पर्नेछ । महानगरको ३६औँ नगर सभाबाट पारित आर्थिक ऐन, २०५१ अनुसार पाना नं. ८१ र ८६ मा उल्लेख भएअनुसार विदेशी कुकुरका लागि सो शुल्क तोकिएको हो ।

स्थानीय प्रजातिका कुकुरको हकमा भने निःशुल्क दर्ता हुने छ । महानगरले २०८१ चैत २० गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै कुकुर तथा बिरालोलाई माइक्रोचिपिङ गराई मात्र पाल्न र विक्री वितरण गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *