गोरखा नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

राम्रो पालिका संवाददाता 72

सुलीकोट । जिल्लाको गोरखा नगरपालिका पूर्ण खोप सुनिश्चित एवम् दिगोपना नगरपालिका घोषणा भएको छ । नगरपालिकामा खोप लगाउनुपर्ने एक जना बालबालिका पनि नभेटिएकाले बुधबार पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख ईश्वरबाबु रेग्मीले जानकारी दिनुभयो ।

गोरखा नगरपालिकाको १४ वटा वडामा जन्मदेखि १५ महिनासम्मको ६७२ जना र १६ महिनादेखि २३ महिनासम्मका ४८० जना बालबालिकाले पूर्ण खोप लगाएसँगै गोरखा नगरपालिका पूर्ण खोप सुनिश्चित एवम् दिगोपना नगरपालिका घोषणा भएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाले हरेक वर्ष सबै वडाहरूमा पूर्ण खोप सुनिश्चित भए नभएको अनुगमन गरेर मात्र पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगरपालिका घोषणा गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख रेग्मीको भनाइ छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले प्रत्येक वर्षको ३ महिना माघ, फागुन र चैत महिनामा पालिकाले आफनो पालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको खोजी कार्य गर्ने र कोहि छुटेको भए खोप लगाइदिने गरेको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समितिको प्रमुखको अध्यक्षमा बनेको जिल्ला खोप समन्वय समितिले पालिकाहरूलाई पूर्ण खोप सुनिश्चित एवम् दिगोपन पालिका घोषणा गर्ने छ । खोप समन्वय समितिले हरेक वर्ष पालिकाहरूभित्र १६ देखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनु पर्ने सबै खाले खोप लगाए नलाएको अनुगमन गरेर पालिकाहरूलाई पूर्ण खोप सुनिश्चिता पालिका घोषणा गर्ने गरिएको छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *