तराईमा शीतलहरका कारण, जनजीवन प्रभावित, सवारी चलाउनपनि समस्या

राम्रो पालिका 101

काठमाडौं । तराईका जिल्लामा शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण सवारी सञ्चालनमा समेत समस्या देखिएको छ ।

तराईका विभिन्न भागमा विशेष गरी पुस र माघ महिनामा आकाशलाई दिनभरि नै कुहिरोले ढाक्ने र घाम नलाग्ने हुँदा आकाशबाट अत्यन्त चिसो शीत खस्छ। यसरी चिसो बतास (हावा) चल्ने अवस्थालाई शीतलहरको प्राकृतिक प्रकोप भनिन्छ। प्रभावित क्षेत्रमा बिहानदेखि बेलुकीसम्म हप्तौं वायुमण्डलको तल्लो सतहलाई बाक्लो हुस्सुले ढाक्नाले घाम नलाग्ने हुँदा तापक्रम ह्वात्तै तल र्झने हुनाले चिसो बढी हुन्छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका ४ खुर्सानी खोलामा सवारी आवागमन प्रभावित भएको छ ।

गएराति १ बजेतिर दृश्य कमजोर भएपछि र बाटो चिप्लो भएपछि दुईतर्फी नै बाटो अवरुद्ध भएको थियो । जसका कारण दुवैतर्फ २०० बढी सवारी साधन रोकिएका थिए ।

बिहान सवा ३ बजेदेखि मात्र एकतर्फी सवारी साधन सञ्चालन गरिएको थियो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान तराई मधेशका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

यसले जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *