नेपालले थप १८० मेगावाट बिजुली निर्यात गर्ने बाटो खुल्यो….

राम्रो पालिका 232

काठमाडौ । भारतको विद्युत् मन्त्रालयबाट बिजुली निर्यात गर्न स्विकृति पाएसँगै नेपालले १८० मेगावाट बिजुली निर्यात गर्ने बाटो खुलेको हो ।

नेपालले यसअघि चारसय ५२ मेगावाट बिजुली बेच्नका लागी अनुमति पाएको थियो।

भारतले थप चारवटा आयोजनाको बिजुली किन्ने भएपछि अब कुल छ सय ३२ मेगावाट बिद्धुत निर्यात हुनेछ।

नेपालले अहिले महेन्द्रनगर- गड्डाचौकि प्रसारण लाइनबाट ७० मेगावाट र ढल्केबर- मुजफरपुर प्रसारण लाइनबाट एक सय १० मेगावाट गरी कुल एक सय ८० मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको हो।

नेपालको सोलुखोला (दूधकोशी) आयोजनाको ८३ दशमलव ४२ मेगावाट, सुपर मादी हाइड्रोपावरको ४२ दशमललव ६८ मेगावाट, मिस्त्री खोला जलविद्युत् आयोजनाको ४० दशमलव ७४ मेगावाट, दोर्दी खोला जलविद्युत् आयोजनाको २६ दशमलव १९ मेगावाट र अपर चाकु ‘ए’ जलविद्युत् आयोजनाको छ दशमलव ६७ मेगावाट बिजुली भारत पठाउने भने पनि सोलुखोला र सुपरमादीले मात्रै अनुमति पाएका छन् ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *