नेपाल र भारतको खेल बर्षाका कारण रोकियो
एसिया कप अन्तर्गत नेपाल र भारत बिचको जारि खेल वर्षाका कारण रोकिएको छ। नेपालले ३७.५ ओभरमा १७८ रन बनाएर ६ विकेट गुमाएको अवस्थामा वर्षा भएपछि अहिले खेल रोकिएको हो।
नेपालबाट हाल क्रिजमा रहेका दीपेन्द्रसिंह ऐरि २७ र सोमपाल कामी ११ रनमा खेलिरहेका छन्। नेपालले एसिया कप पहिलो पटक खेलिरहेको छ।
पहिलोपटक भारतसँग भइरहेको खेल हेर्न नेपाली समर्थक श्रीलंका पुगेका छन् । सुरुमा ब्याटिङको निम्तो पाएको नेपालको प्रदर्शनदेखि नेपाली समर्थकहरू खुसी देखिन्छन् ।







प्रतिक्रिया (0)