नेसनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

राम्रो पालिका 3

३ पुस, काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको १२.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा ४ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश रहेको छ ।

२१ करोड ८९ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । नियामक बीमा प्राधिकरण र आगामी साधारणसभामा सो प्रस्ताव लगिने र प्रस्ताव स्वीकृत भएपछि वितरण हुने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१५ रुपैयाँ छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *