पाँचथरको फिदिम नगरपालिका भित्रका अपाङ्गता भएका नागरिकलाई सीपमुलक तालिम

राम्रो पालिका संवाददाता 50

राधा लुइटेल

फिदिम। अपाङ्ग सेवा संघ पाँचथरले फिदिम नगरपालिका भित्रका १४ जना अपाङ्गता भएका नागरिकलाई कुचो बाट्ने तालिम दिएको छ।

संघले फिदिम नगरपालिका र कोशी प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा यस्तो तालिम सञ्चालन गरेको छ।

बिहीबार र शुक्रबार गरी दुईदिन चलेको तालिममा फिदिम नगरपालिकाका १४ वटा वडाबाट एक–एक गरी १४ जना अपाङ्गता भएका नागरिक सहभागी हुनुहुन्थ्यो।

अपाङ्गता भएका व्यक्तिलाई आय आर्जनमा जोड्दै उहाँहरुलाई आत्मनिर्भर बनाउन यस्तो तालिम आयोजना गरिएको अपाङ्ग सेवा संघ पाँचथरका अध्यक्ष यामकुमारी मुखियाले जानकारी दिनुभयो।

शुक्रबार आयोजित समापन कार्यक्रममा फिदिम नगरपालिकाका उपमेयर राधकृष्ण न्यौपाने र करुणा फाउण्डेसनका कार्यक्रम संयोजक केदार भण्डारीले सिकेको सीप व्यवहारमा लागु गर्दै अघि बढ्न सहभागीहरुलाई सुझाव दिनुभयो।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *