प्युठानमा महिला समूहका सदस्यलाई बाख्रा उपहार

राम्रो पालिका संवाददाता 45

सुजल श्रेष्ठ

प्युठान। ऐरावती गाउँपालिका–२ सलेनधारामा रहेको लालीगुराँस स्वावलम्बी महिला समूहमा आबद्ध सदस्यले गाउँकै अर्को परिवर्तन स्वाबलम्बी महिला समूहका सदस्यलाई बाख्रा उपहार दिएका छन् ।

समुहका सदस्यहरूको आयआर्जन वृद्धि गर्न एउटा समूहले अर्को समूहलाई बाख्रा उपहार दिएका हुन् । समूहका अध्यक्ष रचना गुरुङले आफ्नो समुहले ३१ वटा बाख्रा उपहार प्रदान गरेको बताउनुभयो ।

“हेफर आधारशिलाअनुसार बहिनी समूहलाई बाख्रा उपहार गरेका हौं” उहाँले भन्नुभयो, “बहिनी समूहका सदस्यको आयआर्जन बढाउन यस्तो गरिएको हो ।” समूहमा रहेका २८ जना सदस्यले उपहार दिएको उहाँले बताउनुभयो ।

ऐरावती गाउँपालिकामा हेफर परियोजना सञ्चालनमा छ । जस अन्तर्गत पालिकाका ६ वटा वडामा ५२ वटा स्वावलम्बी समूह गठन भएका छन् । जसअन्तर्गत पहिलो पटक लालीगुराँस स्वावलम्बी महिला समूहले उपहार प्रदान गरेको मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका कार्यकारी प्रमुख विजयकुमार श्रेष्ठले बताउनुभयो ।

ऐरावती गाउँपालिकाका अध्यक्ष नविलविक्रम शाहले दुई वर्षदेखि पालिकामा हेफर प्रोजेक्ट नेपाल र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रसँगको साझेदारीमा कार्यक्रम सञ्चालन भएको बताउनुभयो । पालिकामा कृषि र पशुपालन क्षेत्रको व्यावसायीकरण गर्ने उद्देश्यले परियोजनामार्फत करिब पाँच करोड रुपियाँ लगानी गर्नेगरी काम अघि बढेको जानकारी दिनुभयो । पालिकाको प्राथमिकतामा रहेको कृषि र पशुपालन क्षेत्रमा काम भइरहेको उहाँले बताउनुभयो ।गोरखापत्र अनलाईन

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *