फर्सी खेतीको लागि उपयुक्त माटो र वातावरण
फर्सी गर्मी याममा हुने बाली हो जसलाई प्रांगारिक पदार्थ पर्याप्त चाहिन्छ। यसका लागि माटोको pH ६.५–७.५ भएको दोमट वा बलौंटे दोमट माटो उपयुक्त मानिन्छ। राम्रो उत्पादनका लागि गहिरो खनजोत गरी आवश्यक मलखाद मिलाएर खेत तयारी गर्नुपर्छ।
फर्सीका जातहरू
नेपालमा फर्सीलाई तीन प्रकारमा वर्गीकृत गर्न सकिन्छ:
- नेपाली फर्सी
- स्थानीय जातहरू, जुन ७५–८० दिनमा तयार हुन्छन्।
- सरदर उत्पादन: ५५ मेट्रिक टन प्रति हेक्टर।
- हिउँदे अथवा युरोपियन फर्सी
- मुख्यत: चिसो मौसममा हुने।
- गर्मी यामको स्क्वास फर्सी
- सुख्खा यामको लागि उपयुक्त।
बनशंकर जात:
- सोनार ०२२ – तराई र मध्य पहाडका लागि सिफारिस।
बिउ दर र रोपाइँ दूरी
- बिउ दर: एक रोपनी खेतका लागि १२५ ग्राम बिउ पर्याप्त हुन्छ।
- राप्ने दूरी:
- हारबाट हार: २ मिटर।
- बोटबाट बोट: २ मिटर।
- उमरेपछि, एउटा स्वस्थ र राम्रो बिरुवा मात्र राख्ने।
जमिन तयारी र मलखाद प्रयोग
- जमिन तयारी:
- खेतलाई २–३ पटक राम्रोसँग जोत्ने।
- एक रोपनीका लागि:
- १५०० केजी गोबर मल।
- ५ केजी नाइट्रोजन।
- ३ केजी फस्फोरस।
- ३ केजी पोटास।
- २ केजी वायाजाम र १ केजी सूक्ष्मतत्व।
- मल प्रयोग:
- आधा नाइट्रोजन रोपाइँको बेला र बाँकी ३० र ५०–६० दिनपछि।
सिंचाइ र गोडमेल
- फर्सीलाई सुख्खा याममा हरेक ७–१० दिनमा नियमित सिंचाइ आवश्यक हुन्छ।
- फल पक्न थालेपछि सिंचाइ बन्द गर्नुपर्छ।
- गोडमेल २५–३० दिनमा गर्नुपर्छ।
- फल माटोमा छोइन्थ्यो भने कुहिन सक्छ, त्यसैले थाँक्राको राम्रो व्यवस्था गर्नुपर्छ।
बाली लिने तरिका
- हरियो मुन्टा, फल र पाकेको फल प्रयोग गर्न सकिन्छ।
- पहिलो फल ८०–८५ दिनमा टिप्न सकिन्छ।
- बजार मागअनुसार हरियो फल टिप्दा राम्रो मूल्य पाइन्छ।
उत्पादन र आम्दानी
- हरियो फल उत्पादन:
- एक रोपनीबाट २०००–३००० केजी।
- बिक्री मूल्य: रु. ४०/केजी।
- कुल आम्दानी: रु. १,२०,०००।
भण्डारण विधि
- घाउ-चोट नलागेका परिपक्क फल छान्ने।
- सुकाएको परालमा राख्ने।
- फललाई १०–१२ डिग्री तापक्रम र ५०–७०% सापेक्षिक आर्द्रतामा ५–८ महिना भण्डारण गर्न सकिन्छ।
रोग तथा कीरा व्यवस्थापन
- रातो खपटे कीरा:
- निमजन्य विषादी ३ मि.लि./लिटर पानीमा मिसाएर छर्ने।
- फल कुहाउने रोग:
- १ भाग झोल मल र ७ भाग पानी मिसाई छर्ने।
- खराने रोग (पाउडरी मिल्ड्यू):
- १ भाग गहुँत र १० भाग पानी मिसाई ४–५ दिनको अन्तरालमा छर्ने।







प्रतिक्रिया (0)