भलिबल खेलाडीले अब मासिक पाँच हजार रुपैया पारिश्रमिक पाउने

नेपाल भलिबल संघले अबदेखि भलिबल खेलाडिहरुलाई मासिक पारिश्रमिक दिने भएको छ

राम्रो पालिका 188

नेपाल भलिबल संघले अबदेखि भलिबल खेलाडीहरुलाई मासिक पारिश्रमिक दिने भएको छ।

मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरि नेपाल भलिबल संघले १२ जना पुरुष र १२ जना महिला खेलाडीलाई मासिक ५-५ हजार रुपैयाँका दरले पारिश्रमिक दिने घोषणा गरेको हो।

अमेरिकामा रहेका पूर्बराष्ट्रिय खेलाडी राम श्रेष्ठको नेतृत्वमा पूर्ब राष्ट्रिय खेलाडी र बिजनेश ईन्टरप्रेनियरको सहयोगमा मासिक पारिश्रमिकको ब्यबस्था गरिएको हो। अहिले भलिबल टोलि चीनमा हुने १९ औं एसियाली खेलकुदको तयारिमा रहेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा नेपाली महिला टोलीले पहिलोपटक एसियाली खेलकुदमा सहभागिता जनाउन लागेको हो। खेलाडीलाई मासिक तलब दिने भलिबल संध चौथो हो। फुटबल र क्रिकेट खेलाडीले मासिक तलब पाईरहेका छन् तर यसअघि भलिबल खेलाडीलाई मासिक रुपमा तलब दिने गरिएको थिएन्।

नेपाल भलिबल संघले अहिलेको आफ्नो कार्याकालभर विभिन्न सहयोगीहरु सँग सहयोग मागेर भए पनि राष्ट्रिय खेलाडीलाई मासिक पारिश्रमिक दिने घोषणा गरेको छ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *