मुग्लिन-पोखरा; दमौली बजारमा धमाधम कालोपत्र हुँदै, अब ४ किलोमिटर बाँकी

राम्रो पालिका संवाददाता 55

काठमाडौं । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्रे भइरहेको छ ।

व्यास नगरपालिका-२ बागबजार, मुख्य चोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्रे भइरहेको छ ।

चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्रे सम्पन्न गर्ने गरी काम भइरहेको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

बिहीबार मुख्य चोकमा एकतर्फी कालोपत्रे गरिएको छ । बागबजार खण्डमा बुधबार कालोपत्रे गरिएको थियो । दुर्गामन्दिरदेखि चापाघाटसम्म पनि चाँडै कालोपत्र हुनेछ ।

पूर्वी खण्डअन्तर्गत अन्य ठाउँमा घरटहरा हटाउन ढिलो हुँदा कालोपत्रको काम रोकिएको थियो । अब ४ किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ ।

पूर्वी खण्डअन्तर्गत सडकको काम ८२.९५ प्रतिशत पूरा भएको छ । यो खण्डमा पहिलो तहअन्तर्गत ३८.३१ किलोमिटर खण्डमा ४ लेन र ०.२९ किलोमिटर खण्डमा २ लेन सडक कालोपत्र भएको छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *