मुग्लिन–पोखरा सडक विस्तार : पश्चिम खण्डको काम तीव्र गतिमा (तस्बिरहरू)

राम्रो पालिका 11

 मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम तीव्र गतिमा भइरहेको छ।

हालसम्म यो खण्डको भौतिक प्रगति ६९.९६ प्रतिशत र वित्तीय प्रगति ६५.२६ प्रतिशत पुगेको आयोजनाले जनाएको छ।

कुल ३८.७१ किलोमिटर रहेको यस सडक खण्डको हाल सम्म सम्पन्न गरिएको कार्य अन्तर्गत पुल बाहेक कुल ३८ कि.मी. खण्डमा प्रथम तहको कालोपत्रे कार्य सम्पन्न भई सकेको छ भने (३३.२ कि.मी. खण्डमा दुई तर्फी कालोपत्रे (चार लेन), ४.८ कि.मी. खण्डमा एकतर्फी कालोपत्रे (दुई लेन)) ५१.३ कि.मि. (दुई लेन) दोस्रो तह (अस्फाल्ट) कालोपत्रे, सर्भिस लेन कालोपत्रे ५ कि.मि. त्यस्तै गरी १२ वटा पुल मध्ये ११ वटा सम्पन्न भएको छ र १०५ वटा कल्भर्ट मध्ये १०५ वटा नै सम्पन्न भई सकेको आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले जानकारी दिए।

यो परियोजना वि.सं २०७८ भदौमा सुरु भएको हो। ठेक्का म्याद आगामी पुससम्म कायम रहेको छ। तर, निर्माण कम्पनीले समयमा काम सम्पन्न नगरेपछि यसअघि दुईपटकसम्म म्याद थपिएको इन्जिनियर कुँवरले बताए।

अहिले चिनियाँ निर्माण कम्पनी अनहुइ काइयुयान रोड एन्ड ब्रिज कन्स्ट्रक्सनले काम अघि बढाइरहेको छ।

सडक विस्तारसँगै पुल र कल्भटको निर्माण पनि प्रायः सम्पन्न भइसकेको छ। पश्चिम खण्डमा पर्ने १२ पुलमध्ये ११ पुल निर्माण भइसकेका छन् भने एक पुल निर्माणाधीन छ। १०५ वटा कल्भटको निर्माण कार्य भने पूरा भइसकेको इन्जिनियर कुँवरले जानकारी दिए ।

तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सम्पन्न भइसकेको छ भने कास्कीस्थित सेती नदीमा बन्ने पुल निर्माण चरणमा छ। सो पुलको भौतिक प्रगति ५३.४५ प्रतिशत र वित्तीय प्रगति ५१.६३ प्रतिशत पुगेको छ।

Laxmi bank

यो खण्डको ठेक्का रकम सात अर्ब ४० करोड ( भ्याट समेत) रुपैयाँ रहेको छ। मुग्लिन–पोखरा सडकलाई स्तरोन्नत गरी सुरक्षित, दिगो र द्रुत यातायात प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य सहित काम सम्पन्न हुने चरणमा रहेको छ।

तनहुँको आँबुखैरेनीदेखि पोखरा पृथ्वीचोकसम्मको करिब ८० किलोमिटर लामो खण्डलाई दुई भागमा विभाजन गरिएको छ-पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) र पश्चिम खण्ड (जामुने–पोखरा)। दुवै खण्डमा चार लेनको सडक विस्तार भइरहेको छ।

Ncell

तस्बिरहरूः 

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *