यू–१९ सिरिजः नेपालले हङकङलाई दियो २९८ रनको लक्ष्य
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा जारी एकदिवसीय यू–१९ सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले हङकङलाई २९८ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९७ रन बनायो।
नेपालका लागि ओपनर सोहिल कुँवरले १०९ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ८१ रनको योगदान दिए। त्यस्तै, सन्तोष यादव ६६ रनमा अविजित रहे भने कप्तान अभिषेक तिवारीले २६, अपराजित पौडेलले ११ र दिलसद अलिले ४१ रन बनाए। बलिङतर्फ हङकङका डेनियल म्यापले ३ विकेट लिए।
सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले हङकङलाई तीन विकेटले पराजित गरेको थियो।







प्रतिक्रिया (0)