राक्सिराङ गाउँपालिकाले सोनाम ल्होसारमा ३ दिन बिदा दिने

राम्रो पालिका संवाददाता 66

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा ३ दिन सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउँदै आएको उक्त पर्वको अवसरमा गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

माघ १६, १७ र १८ गते सार्वजनिक बिदा हुने गाउँपालिकाले आइतबार जारी गरेको सूचनामा उल्लेख छ । सार्वजनिक बिदाको दिन गाउँपालिका भित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्था बन्द रहने छन् ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पालिकामा तामाङ समुदायको बाहुल्यता रहेको र उनीहरूको पर्वलाई विशेष बनाउन बिदा दिइएको बताए ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *