लुम्बिनीविरूद्ध काठमान्डुले जित्यो टस, को-को परे प्लेइङ-११ मा ?

राम्रो पालिका 14

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सविरूद्ध टस जितेको छ। टस जितेको काठमान्डुले पहिले ब्याटिङ गर्ने भएको छ।

आजको खेलमा काठमान्डुले कुनै परिवर्तन गरेको छैन। लिगको अन्तिम खेल खेलेको टोलीलाई नै काठमान्डुले मैदान उतार्दै छ। यता लुम्बिनीमा एक परिवर्तन गरिएको छ। सुमित महर्जनको स्थानमा दिनेश अधिकारीलाई मौका दिइएको छ।

आजको खेलको विजेताले भोलि बिहीबार विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। भोलि विराटनगर र आजको खेलको विजेताबीच हुने दोस्रो क्वालिफायरको नजिताले फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ। 

यसअघि सुदूरपश्चिमले फाइनलमा स्थान पक्का  गरिसकेको छ। सुदूरपश्चिमले पहिलो क्वालिफायरको खेलमा विराटनगरमाथि मंगलबार जित हात पारेको थियो। 

फाइनल प्रतिस्पर्धा शनिबार अपरान्ह साढे तीन बजे हुनेछ। 

Laxmi bank

लुम्बिनी लायन्स
रोहित पौडेल (कप्तानी)  सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिशेष गौतम, दिनेश अधिकारी, तिलकराज भण्डारी, जेज स्मित, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला (विकेटकिपर), डार्शी शर्ट।

Ncell

काठमान्डु गोर्खाज 
करण केसी (कप्तान), शहाब अलाम, भीम सार्की, रशिद खान, सन्तोष यादव, आकाश त्रिपाठी, आदिल अन्सारी, वेन चार्ल्सवेथ, मिलिन्द कुमार, सनी पटेल, जोन सिमसन। 

7dea17b4-ba39-43c3-8f85-f657f69d1552-1765360526.jpg
75b263b1-ee11-47b0-85a6-20feb6a82d0a-1765360526.jpg

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *