समर्थन र आलोचना बिच बालेनले हटाए आगो लगाउने फेसबुक स्टाटस !

राम्रो पालिका 587

काठमाडौं नगरप्रमूख बालेन्द्र शाहले आफ्नो उत्तेजक फेसबुक स्टाटस हटाएका छन् ।

लाखौंको प्रतिक्रिया, एकलाख भन्दा बढी समर्थन र आलोचना मिसिएको टिप्पणी, ४० हजार भन्दा बढी शेयर भएको उक्त स्टाटसले बालेनप्रति सहानुभूती राख्ने स्वतन्त्र र बौद्धिक समुदायलाई झस्काएको थियो ।

शनिबार साँझ बालेनले गरेको फेसबुक पोष्टमा विभिन्न कोणबाट प्रतिक्रिया आएपछि आइतबार साँझ बालेनको स्वकीय सचिवलायले प्रेस विज्ञप्ती जारी गरेर घटनाको विवरण प्रष्ट पार्ने कोशिष गरेको थियो ।

आइतबार बिहान जिल्ला प्रशासनले उक्त प्रेस विज्ञप्तीमा भनिएको ७ मिनट समय र दुव्र्यवहार गरिएको विषय सही नभएको भन्दै खण्डन गरेको समाचार बाहिर आएको थियो ।

बालेनको परिवारमा स्वास्थ्यको दृष्टिले संवेदनशील अवस्था सृजना भएकोले मानवीय पक्षलाई महत्व दिइए पनि नगरप्रमूखले कानुनी दायित्वलाई पनि सम्मान गर्न सक्नुपर्छ । पुराना राजनीतिक दलका उम्मेदवारलाई फराकिलो मत अन्तर सहित पराजित गरेर काठमाडौंको नगरप्रमूखको रुपमा उदाएका बालेनका हरेक गतिविधी उच्च चासोका साथ हेर्ने गरिएको छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *