सर्लाहिको मलंवा बजार क्षेत्रमा कर्फ्यु जारी

राम्रो पालिका 202

जिल्ला प्रसाशन कार्यालय सर्लाहिले सदरमुकाम मलंगवा क्षेत्रमा कर्फ्यु जारी गरेको छ।

कृष्ण अष्टमीको मूर्ति बिसर्जनको क्रममा दुई समुदायबीच उत्पन्न तनाब बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आईतबार बिहान ८ बजेसम्मका लागी कर्फ्यु जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए्

शुक्रबार साझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनको क्रममा पुरानो बसपार्क क्षेत्रमा दुई समुदाय बीच झडप भएको थियो। झडप नियन्त्रणका लागी प्रहरीले अक्ष्रुग्यासँ र हवाई फायर समेत गरेको थियो। शनिबार दिउँसो पनि झडपका घटना भएको र रातिको समयमा बढ्न सक्ने देखिएर पूर्बसाबधानी अपनाएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *