सुनको मूल्य नयाँ रेकर्ड नजिक : कति पुग्यो आज ?
काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ थियो।
चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ। अघिल्लो १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९७५ रुपैयाँ कायम भएको छ।






प्रतिक्रिया (0)