यी ३ कम्पनीको सेयर मूल्य भएको छ वर्षकै कम, लगानी गर्न होला उपयुक्त?

राम्रो पालिका 26

अहिले बजारमा रहेका धेरै कम्पनीको सेयर मूल्य ५२ साता अर्थात् एक वर्षयताकै न्यून विन्दुमा छ।

सामान्यतया एक वर्षकै कम मूल्यमा आएका कम्पनीहरू बजार घटेका समयमा किन्न सकिने सेयरका रूपमा समेत मानिन्छन्।

हामीले गत बिहीबारको मूल्य तथ्यांक हेर्दा एक वर्षको न्यून मूल्यमै आइसकेका कम्पनी कमै देखिन्छन्।

न्यून मूल्यभन्दा सबभन्दा नजिकको, अर्थात् ५ प्रतिशत हाराहारी मात्रै धेरै मूल्य भएका ३२ वटा कम्पनी पायौं। तर लाभांश दिइसकेका कारण कतिपय समायोजनपछि सेयर मूल्य वर्षकै न्यूनमा समेत आएका हुन्छन्। यस्तो कम्पनी लगानीका लागि उपयुक्त नहुने भन्ने चाहिँ हुँदैन।

तैपनि यस्ता सेयरमा लगानी गर्दा कम्पनीबाट पाइने प्रतिफलका लागि थप एक वर्षसम्म कुर्नपर्ने हुन्छ। मूल्य परिवर्तनबाट हुने लाभ भने एक वर्ष नपुग्दै पनि पाउन सकिन्छ। त्यसैले यस्ता कम्पनी छान्दा वित्तीय अवस्थामा सुधार आए वा नआएको, लगायत पक्षमा ध्यानु दिनुपर्छ।

हामीले लाभांश दिइसकेका र वित्तीय विवरणमै लाभांश दिन नसक्ने क्षमता उल्लेख गरेका बाहेकका केही कम्पनी पनि हेर्‍यौं।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नोक्सानमा रहेका कम्पनीहरू पनि छाडेर हेर्दा यी तीन कम्पनी पायौं — उन्नति सहकार्य लघुवित्त, कुथेरी बुखरी साना जलविद्युत र स्वावलम्बन लघुवित्त हुन्।

Laxmi bank

उन्नति सहकार्य लघुवित्त कम्पनीको एक वर्षकै उच्च मूल्य दुई हजार सात सय ५० रूपैयाँ छ। न्यून मूल्य एक हजार चार सय ७१ रूपैयाँ छ।

बिहीबार कम्पनीको सेयर एक हजार पाँच सय १८ रूपैयाँमा कारोबार भयो। कम्पनीको मूल्य अहिले न्यून मूल्यभन्दा ३.१९ प्रतिशत माथि छ।

Ncell

कम्पनीको सेयर मूल्य घट्दो क्रममा रहे पनि मैनबत्ती चित्रले बिहीबार घट्नबाट रोकिने प्रयासमा रहेको संकेत गरिरहेको छ। बिहीबार सानो हरियो आकारको मैनबत्ती बन्यो। यसले मूल्य बढ्न सक्ने झिनो संकेत देखाएका छ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ देखि लाभांश दिएको छैन। गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले चार करोड आठ लाख रूपैयाँ बराबर लाभांश दिन सक्ने क्षमता देखाएको छ। २४ करोड ६८ लाख रूपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको लाभांश क्षमता १६.५३ प्रतिशत देखिएको हो।

कम्पनीको हालै केही संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गरिएकाले पनि बिक्रीमा आउने सेयर संख्या बढेको छ।

कुथेरी बुखरी साना जलविद्युतको एक वर्षको उच्च मूल्य तीन हजार तीन सय र न्यून मूल्य एक हजार सात सय रूपैयाँ छ। बिहीबार कम्पनीको अन्तिम कारोबार एक हजार सात सय ८० रूपैयाँमा भयो। कम्पनीको मूल्य अहिले न्यून मूल्यभन्दा ४.७० प्रतिशत माथि छ।

कम्पनीको सेयर मूल्यमा केही दिनयता एकै दिन एक सय रूपैयाँसम्म उतारचढाव भएको देखिन्छ।

कम्पनीको सेयर मूल्य केही समयदेखि निश्चित रेन्जमा रहेर तलमाथि गरिरहेको छ। बिहीबार कम्पनीको सेयर मूल्यले सानो हरियो आकारको मैनबत्ती बनेको छ। तर अघिल्लो दिन मूल्य घट्दा बनेको रातो लामो मैनबत्तीको आकृतिको मध्य विन्दुलाई समेत पार गर्न सकेको छैन।

कम्पनीले शुक्रबार मात्रै १० प्रतिशत बोनस सेयर दिने घोषणा गर्‍यो। कम्पनीको मूल्य उच्च नै छ। कम्पनीको प्रतिसेयर आम्दानी करिब आठ रूपैयाँ हुँदा मूल्य आम्दानी अनुपात भने २३० गुणा छ। अर्थात् कम्पनीको एक रूपैयाँ कमाइका लागि लगानीकर्ताले दुई सय ३० रूपैयाँसम्म हालिरहेका छन्।

१३ करोड रूपैयाँ मात्रै चुक्ता पुँजी भएको यस कम्पनीको सेयर आपूर्ति कम भएकाले पनि मूल्य उच्च छ। कम्पनीको संस्थापकमा र आयोजना प्रभावित क्षेत्रमा जारी भएको सेयरको लकिङ पिरियड पनि अझै असारसम्म छ। त्यसैले निकै कम सेयर मात्रै कारोबारमा आउने गरेको छ।

स्वावलम्बन लघुवित्त कम्पनीको एक वर्षकै उच्च मूल्य एक हजार ४६ र न्यून मूल्य सात सय ५७ रूपैयाँ हो। बिहीबार कम्पनीको अन्तिम कारोबार करिब सात सय ९३ रूपैयाँमा भयो। कम्पनीको मूल्य अहिले न्यून मूल्यभन्दा ४.७४ प्रतिशत माथि छ।

कम्पनीको सेयर मूल्य घट्दो क्रममा रहे पनि मैनबत्ती चित्रले बिहीबार घट्नबाट रोकिने प्रयासमा रहेको संकेत गरिरहेको छ।

बिहीबार सानो हरियो आकारको मैनबत्ती बनेको छ। यसले मूल्य बढ्न सक्ने झिनो संकेत देखाइरहेको छ। केही दिनअघि ७७९ रूपैयाँको विन्दुमा टेवा पाएको देखिन्छ।

बिहीबार कम्पनीको सेयर अघिल्लो दिनको भन्दा बढे पनि मूल्यले रातो मैनबत्ती बनाएको छ। लगातार तीन दिनदेखि कम्पनीको सेयरले रातो मैनबत्ती बनाएकाले मूल्य घट्ने सम्भावना कायमै देखिन्छ।

कम्पनीले केही समयअघि ५.६३ प्रतिशत बोनस सहित कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले हालसम्मकै कम लाभांश घोषणा गरेकाले पनि मूल्य घट्दो क्रममा देखिन थालेको हो।

कम्पनीको लाभांश क्षमता १७.६० प्रतिशत देखिए पनि पहिलो त्रैमासमा आइपुग्दा यस्तो लाभांश क्षमता घटेर १५.७१ प्रतिशतमा सीमित भएको थियो।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *