झापाको शिवसताक्षी नगरले विपन्न महिलाहरुलाई जिविकोपार्जनकालागि दियो ठेलागाडा

राम्रो पालिका संवाददाता 39

गोविन ल्वागुन
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नगरका विपन्न १५ जना श्रमिक महिलाहरुलाई जिविकोपार्जनको लागि ठेलागाडा दिएको छ ।

आज कार्यक्रम आयोजना गरी विपन्न श्रमिक महिलाहरुलाई नगर प्रमुख मेगाहाङ थोप्राले ठेला वितरण गरेका हुन ।

महिला तथा बालबालिका शाखाको आयोजनामा
विपन्न श्रमिक महिलाहरूलाई जिविकोपार्जनमा सहज होस भन्ने उदेश्यले ठेला वितरण गरिएको महिला शाखा संयोजक यसोदा बिमलीले बताइन ।

विपन्न श्रमिक महिलाहरुले सञ्चालन गर्दै आएको आफ्नो सिप र क्षमता अनुसारको व्यवसायलाई व्यवस्थित बनाउन ठेला वितरण गरेको महिला तथा बालबालिका शाखा प्रमुख देबकुमारी पराजुलीले बताइन । २० प्रतिशत लागत सहभागितामा वितरण गरिएको ठेलाको मुल्य लागत सहभागिता बाहेक ४० हजार पर्ने शाखा प्रमुख पराजुलीको भनाई छ ।

नगरको प्रत्येक वडाका एक/ एक जनालाई वितरण गरिएकोमा भौगोलिक रुपमा ठुलो र धेरै बजार भएको वडामा भने २ जनालाई वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फे, लेखा प्रमुख प्रकाश योङहाङ, बरिस्ठ कार्यक्रम संयोजक प्रकाश चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *