तनहुँको म्याग्दे गाउँपालिका चिनाउन महोत्सव

राम्रो पालिका संवाददाता 80

अमरराज नहर्की

तनहुँ । तनहुँको एक गाउँपालिकाको जनप्रतिनिधी तथा बासिन्दालाई जिल्ला बाहिर परिचय दिँदा गलत नाम र ठाउँ बुझ्ने समस्या हटाउन महोत्सवको आयोजना गरिएको छ । म्याग्दे गाउँपालिकाको परिचय दिने प्रमुख उद्धेश्यले दोस्रो म्याग्दे महोत्सवको आयोजना गरिएको हो ।

‘कला र संस्कृतिको संरक्षण आर्थिक, सामाजिक, कृषि, पर्यटनको प्रवर्धन’ नारासहित सञ्चालन हुने महोत्सव जेठ १४ देखि २५ गतेसम्म म्याग्दे गाउँपालिका–४ थर्पुबजारमा हुने । आयोजक थुर्प युवा क्लबले जनाएको छ ।

क्लबले मङ्गलबार पत्रकार सम्मेलन गर्र्दै गाउँपालिका चिनाउने मुख्य उद्धेश्यले महोत्सव गरिएको जानकारी दिईयो । पत्रकार सम्मेलनमा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जिल्ला बाहिर हुने धेरै कार्यक्रममा परिचयन दिने क्रममा म्याग्दे गाउँपालिकाको अध्यक्ष भने पनि सुन्नेले म्याग्दी गाउँपालिकाको अध्यक्ष सुन्ने र बुझ्ने गरेको महोत्सवले पालिका चिनाउन मद्धत पुग्ने बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, “मैले म्याग्दे भन्छु सुन्नेले म्याग्दी जिल्ला र म्याग्दी गाउँपालिका बुझ््छन् महोत्सव गाउँपालिका चिनाउन टेवा पुग्ने अपेक्षा लिएका छौं ।”

अध्यक्ष श्रेष्ठले पृथ्वीराजमार्गमै भएर पनि गाउँपालिका ओझेलमा परेको बताउनुभयो । “म्याग्दे भनेको म्याग्दी भनेर भन्छन् महोत्सवले तनहुँमै म्याग्दे छ भनेर चिनाउनेछ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

महोत्सव गर्दा धेरै सञ्चार माध्यममा समाचार आउने र राष्ट्रिय कलाकारहरुले सामाजिक सञ्जालबाट म्याग्दे आउँदैछु भन्ने भएकोले प्रचार प्रसारमा टेवा पुग्ने अध्यक्ष श्रेष्ठको भनाई थियो । अध्यक्ष श्रेष्ठले जनताको आयस्तर वृद्धि गर्न र युवालाई स्वदेशमै भुलाउन ‘कृषि, उद्योग र पर्यटन क्षेत्रमा गाउँपालिकाले प्राथमिकता दिएको र त्यसको प्रवद्धनको लागि महोत्सवले थप टेवा पुग्ने विश्वास लिइएको बताउनुभयो ।

गाउँपालिकालाई देशभर चिनाउन महोत्सव आयोजना गरेको क्लबका अध्यक्ष नवराज हमालले बताउनुभयो । हमालले भन्नुभयो, “जति रचनात्मक र सृजनात्मक कार्यक्रमहरु गर्न सकियो त्यति नै यस क्षेत्रको प्रर्बद्धनमा सहयोग पुग्छ ।”

स्थानीय कृषि उत्पादनको बजारीकरण, स्थानीय कला संस्कृति र प्रतिभाको प्रस्फुटन, म्याग्देलाई व्यापारीक क्षेत्रको रुपमा स्थापित गर्ने, पर्यटनको प्रवर्धन, धार्मिक स्थलको प्रचारप्रसारसँगै राष्ट्रिय कलाकारसँग साक्षत्कार गराउने महोत्सवको थप उद्धेश्य रहेको छ ।

महोत्सवबाट हुने मुनाफाले फुटबल मैदान निर्माणमा लगानी गर्ने अध्यक्ष हमालले जानकारी दिनुभयो । गाउँपालिकामा आर्थिक रुपमा विपन्न दीर्घरोगीको उपचारमा आर्थिक सहयोग गर्ने योजना रहेको हमाल बताउनुहुन्छ । थुर्पु बजारमा व्यापार घट्दै जाँदा व्यवसायी पलायन हुने क्रम बढेको, किसानले उत्पादन गरेको समान बिक्री गर्न समस्या परेको तथा होमस्टेको प्रचारप्रसार नहुँदा पाहुना बढाउन नसकिएकाले चलायमान बनाउन महोत्सवको आयोजना गर्ने निर्णय गरिएको महोत्सवका संयोजक गौरव रानाले बताउनुभयो ।

रानाले भन्नुभयो, “कोभिड–१९ ले शिथिल बनाएको र हाल आर्थिक मन्दीले व्यवसायी सङ्कटमा परेकाले वर्षायाम भएपनि महोत्सव गर्ने निर्णय गरेका हौं ।” महोत्सवमा व्यापारिक एवम् सेवामूलक उद्देश्यका एक सय वटा स्टल राखिने स्थानीय रैथाने सामग्री र कृषि उत्पादनलाई निःशुल्क स्टलको व्यवस्था गरिएको क्लबले जनाएको छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *