आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

राम्रो पालिका संवाददाता 103

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य घटेका छ । आज सुन तोलामा ८०० सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला १ लाख ७१ हजार ३०० रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *