कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा भ्रष्टाचार प्रकरण : विशेषद्वारा विशेषज्ञ झिकाउने आदेश

राम्रो पालिका 13

काठमाडौँ । विशेष अदालतले भेरी नगरपालिकाको ६,९ र १० नम्बरको वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा भएको भ्रष्टाचार मुद्दामा विशेषज्ञ झिकाउने आदेश गरेको छ । 

Tata

बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरु हेमन्त रावल र विदुर कोइरालाको इजलासले भवन निर्माण अनियमिततामा विशेषज्ञको राय बुझ्नका लागि विशेषज्ञ झिकाउने आदेश जारी गरेको हो ।

भवन निर्माण ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर समेत ८ जनाविरूद्ध अख्तियारले गत भदौ १२ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । 

Laxmi sunrise bank

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्र बहादुर कठायत र जिन्सी शाखा प्रमुख तथा नायव सुब्बा कृतिबहादुर थापा तथा न्यू बिके/नहाकुली जेभी तथा उक्त जेभीका साझेदारहरू न्यू बिके विल्डर्स एण्ड सप्लायर्सका प्रोप्राइटर गंगा कुमारी खड्का र नहाकुली निर्माण सेवाका प्रोप्राइटर चित्र बहादुर बोहराविरूद्ध मुद्धा दायर गरेको थियो ।

Shivam Cement

उनीहरूले भेरी नगरपालिकाको ६,९ र १० नम्बरको वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा ३६ लाख २० हजार ५७८ रूपैयाँ भ्रष्टाचार गरेको अभियोग लागेको थियो ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *