गुल्मीको धुर्कोटमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै

राम्रो पालिका संवाददाता 40

रमेश विश्वकर्मा

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । अध्यक्ष कप भलिबल प्रतियोगिताअन्तर्गत वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पन्थीका अनुसार आगामी जेठ ९ र १० गते गाउँपालिकाको ४ मा रहेको कालापोखरा खेलमैदानमा प्रतियोगिता हुने भएको छ । वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार रुपियाँ, द्वितीय हुनलाई २५ हजार रुपियाँ, तृतीय हुनेलाई २० हजार रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

त्यसैगरी वडास्तरीय महिला भलिबल प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार रुपियाँ, द्वितीयलाई १२ हजार रुपियाँ र तृतीय हुनेलाई १० हजार रुपियाँ नगदसहित कप, मेडल प्रमाणपत्र प्रदान गरिने छ। खेलाडी धुर्कोट गाउँपालिकाको स्थायी बासिन्दा हुनुपर्ने छ। प्रत्येक वडाबाट पुरुष र महिलाको १/१ टिमलाई मात्र सहभागी गराइने बताइएको छ।

टिम दर्ता गर्दा नागरिकता प्रमाण पत्रको प्रतिलिपी वा धुर्कोट गाउँपालिकाको स्थायी बासिन्दा भएको खुल्ने अन्य प्रमाणपत्रको प्रतिलिपी पेस गर्नुपर्ने छ। खेल टिटि सिस्टमबाट हुनुका साथै खेलाडी सङ्ख्या अफिसियलसहित नौ जना जर्सीमा हुनुपर्ने गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *