चितवन भरतपुर अस्पतालमा बिरामी कुरुवालाई पनि निःशुल्क खाना
काठमाडौं । भरतपुर अस्पतालले अबदेखि बिरामी कुरुवालाई पनि निःशुल्क खाना दिने भएको छ।
अस्पतालमा भर्ना भएका बिरामीलाई नियमित निःशुल्क खाना खुवाउँदै आएको अस्पतालले गत महिनादेखि नै बिरामी कुरुवालाई बेलुकाको खाना निःशुल्क दिँदै आएको बताएको छ।
अस्पतालको यस्तो निर्णयले टाढाटाढाबाट आएका विपन्न बिरामीलाई राहत पुग्ने अस्पतालले विश्वास लिएको छ।







प्रतिक्रिया (0)