फिफा बरीयतामा नेपाल यथावत, शीर्ष स्थानमा अर्जेन्टिना कायमै
नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा यथावत् छ। विश्व फुटबलको सर्बोच्च निकाय फिफाले बिहिबार अद्यावधिक गरेको नयाँ वरीयता अनुसार नेपाल १७५ औँ स्थानमा यथावत रहेको हो।
वरीयताको शीर्ष स्थानमा विश्वकप विजेता अर्जेन्टिना यथावत छ। दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल र चौथोमा इंग्ल्यान्ड छ।
वरीयताको दक्षिण एसियामा भारत शीर्ष स्थानमा छ। भारत वरीयताको १०२ औँ स्थानमा छ। दक्षिण एसियाली वरियताको दोस्रोमा रहेको माल्दिभ्स १५५ औँ , चौथोमा रहेको भुटान १८४ औँ, पाचौँमा रहेको बंगलादेश १८९ औँ र छैटौँ स्थानमा पाकिस्तान छ।







प्रतिक्रिया (0)